शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मनाङमा शुभकामना दिदै समुदाय प्रहरी साझेदारी कार्यक्रम

मनाङमा शुभकामना दिदै समुदाय प्रहरी साझेदारी कार्यक्रम

नार्पाभूमी गाउँपालिकाले दियो ५५ इन्चको टिभी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७६, मंगलबार

मनाङ, ५ कार्तिक-नेपालीहरुको महत्वपूर्ण चाड शुभदिपावलीको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालय मनाङले शुभकामना आदानप्रदान तथा चाडपर्व सुरक्षा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सोमवार सदरमुकाम चामेमा सो कार्यक्रम आयोजना गरिएको जिप्रका मनाङले जनाएको छ । चाडपर्व सुरक्षा र लैंगिक तथा घरेलु हिंसा नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी जिल्ला समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षमा जिल्ला स्तरीय कार्यक्रम सञ्चालन गरेको हो । सोही अवसरमा चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिका स्तरीय संयुक्त बैठक तथा अन्तरकृया कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले र बिशेष अतिथि नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कोन्जो छिरीङ लामाले दिपावलीको शुभकामना दिदै चाडपर्वमा सुरक्षालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । समुदाय प्रहरी साझेदारी प्रभावकारी भएको वताउदै उनीहरुले चाडपर्वमा ध्रुमपान, मध्यपान, लैगिंक तथा घरेलु हिंसा नियन्त्रणका लागि विशेष निगरानी राखिनुपर्ने वताए ।
प्रजिअ पौडेलले चाडपर्व लक्षित ध्रुम्रपान, मध्यपान र लैंगिक तथा घरेलु हिंसा नियन्त्रण सुरक्षाको दृष्टिले समस्याका कारण मात्र नभई सामाजिक बिकृतिजन्य कृयाकलाप भएकोले समुदायको सहभागितामा नियन्त्रण गर्ने कार्य व्यबहारीक हुने भन्दै सबै पक्षको समन्वय र सहकार्य आवश्यकता रहेको वताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, कार्यक्रमका पदाधिकारी, पत्रकार लगायत स्थानीयको सहभागिता रहेको थियो ।
सो अवसरमा नार्पाभूमी गाउँपालिकाले सूचनालाई सहज बनाउन प्रहरीलाई ५५ इन्चको टिभी उपलब्ध गराएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक टिका वहादुर कार्कीले टिभी प्राप्त भएपछि सूचना प्रवाहमा सहज हुने वताउदै प्रहरी सधै समुदायसंग सहकार्य गरेर अगाडि बढ्न चाहेको वताए । डिएसपी कार्कीले प्रगति विवरण प्रस्तुत गर्दै समुदाय र सरोकारवाला निकायहरुसंगको सहकार्यबाट प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
सो अवसरमा टिभी सहयोग गर्ने नार्पाभूमि गाउँपालिका, व्यबस्थापनमा सहयोग गर्ने चामे गाउँपालिका वडा नं. का ३ का अध्यक्ष राजु लामा र स्थानीय पत्रकार नेगम परियारलाई प्रसंशा पत्र प्रदान गरीएको थियो । कार्यक्रममा प्रनानि महेन्द्र पोख्रेलले जुवातास, धुम्रपान, मध्यपान तथा लैङ्गिक हिंसा एवं घरेलु हिंसा नियन्त्रण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रसनि बिकास क्षेत्रीले गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->