बागलुङ, ६ कात्तिक – मानव सेवा आश्रम बागलुङ शाखामा रहेका व्यक्तिहरुलाई लायन्स क्लब अफ धौलागिरी बागलुङले १० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । क्लबका सचिव गणेश महतोले आफ्नी स्वर्गिय माता सजना केसीको स्मृतिमा हट एष्ड नर्मल वाटर डिस्पेनसरी हस्तान्तरण गरेका हुन् । महतोले आश्रममा रहेका आश्रितलाई मंगलवार दिउसोको खाजा पनि खुवाएका थिए । आश्रममा अहिले २९ जना असहायहरु आश्रित छन् । लायन्समा लागेकाहरुले सेवा भावनालाई व्यवहारमा उतार्ने गरेकोले यो सहयोग प्राप्त भएको भन्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका एडभाइजर काजीमान गुरुङले उक्त सहयोगको प्रसंसा समेत गरे । लायन्स क्लब अफ धौलागिरीका अध्यक्ष राजन शाक्यको अध्यक्षता र काजीमान गुरुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





