शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्की-२ को उपनिर्वाचनमा रजनीलाई छान्यो साझाले

कास्की-२ को उपनिर्वाचनमा रजनीलाई छान्यो साझाले


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०७६, बुधबार

पोखरा, ६ कात्तिक – साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो । उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन् । उपचुनाव हुने अरु क्षेत्रका उम्मेदवारहरु भने क्रमशः चयन गरिने साझा पार्टीले बताएको छ । राजनीतिक वेथितीप्रति जनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न आफू भरपर्दो विकल्प भएको साझा पार्टीको दाबी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->