बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ: संयोजक थापा

सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ: संयोजक थापा


  • थम्मन थापा
  • कार्तिक ८ २०७६, शुक्रबार
गलकोट, ८ कात्तिक – अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापाले समाज बनाउने जिम्मा समुदायका नागरिककोनै भएको बताएका छन  । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको उदघाटन गर्दै थापाले समाजमा विकृति विसङगति न्यूनिकरण गर्दै समृद्व समाज निर्माण गर्न सामाजिक संस्था रसम्पुर्ण युवाहरु एकजुट हुनुपर्ने बताए । जन्मभुमी प्रतिको श्रद्वा र सम्मान गर्दै सामाजिक चिन्तन र अग्रसरता राख्न सके मात्रै सभ्य र समृद समाज निर्माण हुने थापाको भनाई छ । नेपालीको गर्व उज्यालो पर्व दरम घुम्टे हामी सबैको शान खेल कला संस्कृति हाम्रो स्थानिय पहिचान भन्ने मुल नाराका साथ आज देखि शुभारम्भ भएको मेलामा नगद रु २५ हजार राशी पुरस्कार रहेको साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, वडा स्तरिय पुरुष रस्साकसी प्रतियोगिता, खुल्ला भाईमाला उन्ने प्रतियोगिता सञ्चालन गरिने बताईएको छ । आज उदघाटन समारोहमा भएको पुरुष भलिबल प्रतियोगिकामा आयोजक टिम सी लाई पराजित गर्दै आयोजक टिम बि दोस्रो चरणमा प्रवेश गरेको छ । मेलामा स्थानिय कला संस्कृति झल्कने देउसी भैलो, सोरठी, नौमति बाजा समेत प्रस्तुत गरिने संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए  । मेलाको अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, बसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, कर्ण परियार, राम खत्री लगायतको बेजोड सांगितिक प्रस्तुति रहने बताईएको छ। त्यस्तै पछिल्लो समय गाउॅ घरमा लोप हुॅदै गईरहेको परम्परागत लिङ्गे पिङ, चर्खे (चमाचा) पिङ मेलाको आकर्षणको रुपमा राखिएको छ । कात्तिक ९ गते सम्म सञ्चालन हुने मेलामा प्रायोजक, चन्दादाता, कलाकार लगायतलाई सम्मान समेत गरिने संस्थाले जनाएको छ । कार्यक्रम जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जीवी मरासिनीको स्वागत मन्तव्य र सचिव कोपिला खडका र सहसचिव राज कुमार दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->