मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

संबिधान कार्यान्वयनको चरणमा छ, निरास हुनु पर्दैन : सभामुख अधिकारी

संबिधान कार्यान्वयनको चरणमा छ, निरास हुनु पर्दैन : सभामुख अधिकारी


  • Dhorpatan News
  • कार्तिक ८ २०७६, शुक्रबार

पोखरा,८ कात्तिक – गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संबिधानले धेरै ठुलो परिवर्तनको परिकल्पना गरेपनी कार्यान्वयनको चरणमा रहेको हुनाले निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन । विभिन्न चाडपर्वको अवसरमा प्रतिनिधि सभा सदस्य पदम गिरीले शुक्रवार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभामुख अधिकारीले स्थानीय तह ,प्रदेश र संघमा कानून निर्माण भैरहेकोले निरास नहुन नागरिकलाई आग्रह गरे ।
‘संबिधानले धेरै ठुलो परिकल्पना गरेको छ ,बर्गीय ,जातीय,क्षेत्रीय रुपमा रहेको असमानतालाइ समानतामा बदल्ने हाम्रो संबिधानको लक्ष्य हो ।’ उनले भने । ‘समाबेसी लोकतान्त्रिक गणतन्त्र ,समाजबाद उन्मुख हाम्रो संबिधानले भनेको छ ।’
संबिधानको पूर्ण कार्यान्वयनसंगै सबै कुरामा परिवर्तन हुने उनको भनाई थियो । जनताका आधारभूत आवश्यकतालाई पूरा गर्ने दायित्व सरकारको भएको र त्यो संबिधानमा ब्यबस्था भएकोले परिबर्तनको महसूस गर्न अब धेरै कुर्न नपर्ने सभामुख अधिकारीले बताए ।
अपेक्षाकृत उपलब्धि नभएपनि परिवर्तनको सुरुवात भैसकेकोले जनताले दिएको अवसरलाई सहि सदुपयोग गर्नु अहिलेको सरकारको दायित्व भएको उनले बताए । बिना परिबर्तन जनताको निराशालाई थेग्न नसकिने र ठुलो समस्या सिर्जना हुने भएकोले तदारुपताका साथ काम गर्नुपर्ने उनको भनाई थियो । लामो समय सम्म विकासमा पछि परेको पर्वतबाट देशका महत्वपूर्ण पदमा उपस्थिति भएकोले अव विकासको लहर छाउने दावी गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरिले सेवा सुविधाको अभाव गाँउ छोडेर बसाईसराई गर्नु पर्ने अवस्था रहेपनी अव त्यो स्थिति नरहने बताए । आफु निर्वा्चित भएको १८ महिना पुग्दै गर्दा जिल्लामा विकास निर्माणका कामले तीव्रता पाएको दावी गरे । विभिन्न परिस्थितिको कारण बसाई सरेर सहरमा बसेपनी जन्मभूमिप्रतिको दायित्व बिर्सन नहुने बताए । पुराना कला सस्कृति र परम्परा लोपहुन लागेको भन्दै सबै मिलेर जगेर्ना गर्नुपर्ने गिरीले बताए ।
पर्वतबाट पेशा व्यवसाय ,रोजगारी तथा अध्यनको शीलशिलामा पोखरामा बसोबास गर्ने नागरिकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->