शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुख्यमन्त्रीको शुभकामना : राष्ट्रिय एकता मजबुद पार्न चाडबाड महत्वपूर्ण

मुख्यमन्त्रीको शुभकामना : राष्ट्रिय एकता मजबुद पार्न चाडबाड महत्वपूर्ण


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७६, शनिबार

पोखरा, ९ कत्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वहरुले राष्ट्रिय एकता मजबुद बनाउन महत्वपुर्ण योगदान दिने बताएका छन ।  नेपालीहरुको महत्वपूर्ण पर्वका रुपमा रहेका  दिपावली तथा नेपाल सवंत, छठ, इद र ल्होसार पर्वको अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले यस्ता पर्वले समाजिक एकता, सद्धभाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएका हुन  । नेपाल संविधानत धर्म निरपेक्ष राष्ट्र भएको दृाष्टान्त दिदै मुख्यमन्त्री गुरुङले चाडपर्वबाट अपासी सद्धभाव, समाजिक एकता र भातृत्व कायम हुने अपेक्षा आफुले गरेको समेत बताएका छन । पछौटेपन, अविकास र गरिबीको समस्याबाट प्रदेशलाई मुक्त गराउदै विकास र समृद्धि प्रदेश बनाउने प्रतिबद्धता समेत मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा दोहो¥याएका छन । ‘यस संकल्पलाई साकार पार्न सवै नागरिकको पुर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु’ मुख्यमन्त्री गुरुङले भनेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->