शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देउसी भैलो शुरु, अबान्छनीय काम नगर्नु : प्रशासन

देउसी भैलो शुरु, अबान्छनीय काम नगर्नु : प्रशासन


  • Dhorpatan News
  • कार्तिक ९ २०७६, शनिबार

बागलुङ,९ कात्तिक – शुक्रवारदेखि बागलुङ बजारमा देउसी भैलो शुरु भएको छ । तिहारको अवसरमा खेलिने देउसी भैलोलाई नेपाली संस्कृतिको रुपमा लिने गरिन्छ । देउसी भैलोका लागि नेपाल मगर संघको मगर सेवा समाज, रोट्रयाक्ट क्लब अफ बागलुङ, द राईजिङ डान्स ग्रुप र अन्य समूह समेतले देउसी भैलो शुरुवात गरेका हुन् ।

देउसी भैलोलाई व्यवस्थित र म¥र्यादित बनाउन जिल्ला प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनमा असर नपारिकन खेल्न आग्रह गरेको छ । त्यस्तै राती १० बजेपछि देउसी खेल्न रोक लगाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । देउसी भैलोलाई चाडपर्वको रुपमा मनाउने, कला र संस्कृतिको जर्गेनाका लागि प्रयोग गर्न पनि आग्रह गरिएको उनले बताए ।

तिहारको अबरमा आउने गीत संगीतले नेपाली संस्कृति भड्काउने, अस्लिल शब्द प्रयोग गरेर गाईने, जाँड रक्सी पिएर होहल्ला गर्ने तथा जुवातास खेल्ने प्रवृत्तिलाई भने अन्त्य गरिने प्रहरी उपरिक्षक नवराज भट्टले बताए । जुवातासले समाजमा नकारात्कम असर पर्ने, कल झगडा निम्तने भएकोले खेल्न रोक लगाएको उनले बताए । कानूनले पनि जुवातासलाई रोक लगाएकोले पक्राउ परेका व्यक्तिलाइ समेत मुद्दा चलाउनुपर्ने प्रावधान बारे जानकारी गराउने गरेको बताए । केही समूहले भने देउसी भैलोमा हिन्दी र अंग्रेजी गीत गाउने गरेका छन् । ती गीतसंगीतले नेपाली संस्कृतिलाई निरुत्साहित गरेर नेपाली भाषा र परंपरालाई स्थान दिनुपर्ने सरोकारवालाले बताए ।

यसैबीच तिहारको समयमा कानून विपरितका कार्यहरु धेरै हुने गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले कुनै पनि अवान्छनीय कृयाकलाप नगर्न जिल्लाबासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लुबहादुर क्षेत्रीले शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै उपभोक्ता ठग्ने देखि जुवातास खेल्ने सम्म सबैलाई सजग गराएका छन् । गुणस्तरहिन बस्तुको बिक्रि वितरण खाद्य तथा मिठाईमा अधिक रंगको प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।

सार्वजनिक यातायातमा तोकीए भन्दा धेरै भाडा लिने काम नगर्न नगारउनपनि प्रशासनले आग्रह गरेको छ । जुवा तास खेल्ने खेलाउने, मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, भुईचम्पा, पटका लागयतका बिष्फोटक पदार्थको प्रयोग तथा ओसार पसार नगर्न आग्रह गरीएको छ । तिहारको अवसरमा खेलिने देउँसी भैलोको लागि समेत प्रसासनले समय ताकेको छ । यमपञ्चक अबधिभर राती दश बजेसम्म मात्रै देउँसी खेल्न र मदिरा तथा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्दा प्रचलित कानूनको पालना गर्न समेत बिज्ञप्तीमा आग्रह गरीएको छ । ‘तिहारको अवसरमा गाउँशहरका टोलटोलमा देउसी भैलो खेल्ने प्रचलन छ’ बिज्ञप्तीमा भनिएको छ ‘जिल्ला सुरक्षा समिति बागलुङको तर्फबाट साँझको १०ः०० बजे सम्म देउसी भैलो लगायतका कार्यक्रमहरुको संचालन गर्न पाउने समय सीमा तोकिएको छ ।’ प्रशासनको अनुरोधको उलंघन र प्रचलित कानूनको बर्खिलापमा क्रियाकलाप सञ्चालन गरे कानून अनुसार कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->