शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटनका लागि मोटरसाईकल यात्रा

पर्यटनका लागि मोटरसाईकल यात्रा


  • Dhorpatan News
  • कार्तिक १० २०७६, आइतबार

बागलुङ, १० कात्तिक – नेपाल भ्रमणबर्षको सफलताका लागि शुभकामना यात्रा गरिएको छ । बागलुङ कालीका भगवती मन्दिर देखि सिगाना हुँदै गाजादह सम्मको मोटरसाईकल यात्रा गरिएको हो । मोटरसाइकल यात्रामा बागलुङ र पोखराबाट आएका युवा समेत गरी १ सय २० जना सहभागि भए । शनिवार बिहान कालीका मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा सबै यात्रीलाई बागलुङ पर्यटन समितिले टिका लगाएर यात्रीलाई बिदाई गरिएको थियो । बागलुङ कालीका भगवती मन्दिर देखि गाजासम्मको यात्राले पर्यटनका धेरै संभावना खोजी गर्ने आयोजकले बताएका छन् । बागलुङ पर्यटन बिकास समिति, घुमन्ते, जिल्ला समन्वय समिति, सिगानाका आमा समूहहरु, सहकारी संस्था लगायतले यो अभियानमा साथ दिएका छन् । समितिले आयोजना गरेपनि पोखरादेखि युवाहरु सहभागि भएका छन् । पहिला आफ्नो जिल्ला, त्यसपछि देशको चार किल्ला नारालाई यो अभियानले आत्मसाथ गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले उपयुक्त समय र मौषम भएकोले युवाहरुले जिल्लाको भ्रमण गर्दा भ्रमण बर्षलाई सहयोग पुग्ने बताए । त्यसका लागि समितिले पनि आवस्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रहरी उपरिक्षक नवराज भट्टले यात्रा गर्न र रमाईलो गर्न युवाहरु सक्रिय भएको भन्दै सुरक्षाको लागि पनि सचेत बन्नुपर्ने बताए । उनले मदिरा सेवन गरेर सवारी साधन चलाउने काम नगर्न सुझाव पनि दिए । यात्राले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको भन्दै यस्ता धेरै यात्राहरु तय गर्दै जाने समितिका अध्यक्ष राजु खड्काले बताए । उनले युवाहरुको जोश र जाँगरलाई देश बिकासमा लगाउन सकियो भने सफल भइन्छ भन्ने सन्देश दिएको बताए ।
समितिका सचिव अर्जुन चोखालले संचालन गरेको कार्यक्रममा दुइसय युवा सहभागि थिए । ती मध्ये एक सय २० जना मोटरसाइकल यात्रामा सहभागि छन् भने केही युवाहरु जिपमा यात्रा गरेका छन् । उनीहरुले शनिवार गाजाको दहमा पुगेर पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य भएको सन्देश दिएका छन् । यो अभियानमा घुमन्तेका खिमबहादुर खत्रीले मोटरसाईकल यात्राको अगुवाई गरेका थिए । शनिवार बिहानै देखि सिगानाका चोकचोकमा स्थानीयले बसेर स्वागत गरेका थिए । उनीहरुले यात्रीलाई फुलमालाले स्वागत पनि गरेका छन् । मोटरसाईकल यात्रामा ‘नो हर्न’, ‘नो ओभरटेक’ र नो ड्रिंक्स’को अभियान पनि बनाइएको छ ।
 

शनिवार दिउसो गाजादहमा आयोजित औपचारिक कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले पर्यटनको बिकासमा नगरपालिकाले पनि साथ दिने बताए । उनले होमस्टेहरुले बिकास र समृद्धिमा साथ दिने बताए । दहमा पुग्दा जैमिनीका भजन समूहले स्वागत गरेका थिए । मोटरसाईकल यात्रा मार्फत जिल्ला र आफ्नो क्षेत्रको चिनारीगर्न पाएको भन्दै स्थानीयले खुसी पनि प्रकट गरेका थिए । पर्यटन बिकास समितिकै अगुवाईमा भ्रमणमा निस्केको यात्रा टोलीले शनिवारै रेशका बिभिन्न होमस्टे समेत भेटघाट गरेर पर्यटकका लागि तयार राख्न आग्रह गरिएको खड्काले बताए । सबै होमस्टेहरुलाई पर्यटक भित्राउने योजना बुन्न सुझाव दिएको भन्दै खड्काले पूर्वाधारको बिकास भएमा आन्तरिक पर्यटकले खचाखच भरिने आसा पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->