शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समृद्ध गण्डकी प्रदेशका लागि सरकार क्रियाशिल : प्रदेश सांसद रोका

समृद्ध गण्डकी प्रदेशका लागि सरकार क्रियाशिल : प्रदेश सांसद रोका

जनहित कला केन्द्र गलकोट नगरपालिका-७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०७६, आइतबार

बागलुङ, १० कात्तिक-गण्डकी प्रदेशका सांसद दिलमाया रोका दीपाले समृद्व गण्डकी बनाउन गण्डकी प्रदेश सरकारले निती तथा कार्यक्रम अगाडी बढाएको बताएकी छिन । जनहित कला केन्द्र गलकोट नगरपालिका-७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको आज समापन समारोहमा बोल्दै प्रमुख अतिथी रोकाले गण्डकी प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार विकास र सुखी नेपाली समृद्व नेपाललाई आत्मसाथ गर्दै अघि बढेको वताईन । त्यसको लागि आम जनतालाई सरकारको अभियानमा हातेमालो गरि सहयोग गर्न अपिल गरिन ।
मेलामा आयोजित साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगमा नगद रु २५ हजार हात पार्दै सनसाईन युथ कल्व हटिया प्रथम र आयोजक द्वितिय स्थान हाँसिल गर्न सफल भएका छन । रस्साकसी प्रतियोगितामा आयोजक टिम ए प्रथम र आयोजक टिम बि द्वितिय भएका छन । मेलामा खुल्ला एकल नृत्य प्रतियोगिता र तिहारे भाईमाला उन्ने प्रतियोगिता पनि सम्पन्न भएको छ ।
मेलामा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु बहुचर्चित लोक तथा दोहोरी गायक वसन्त थापा, निशा श्रीस, कुलबिर थापा, सुरज थापाको सांगितिक प्रस्तुति रहेको थियो । मेलाको अवसरमा प्रायोजक, चन्दादाता, सहयोगी, कलाकार, पत्रकार लगायतलाई सम्मान समेत गरिएको थियो । मेला जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जीवी मरासिनीको स्वागत र सचिव कोपिला खडका, सहसचिव राजकुमार दर्जी र खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->