शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन

समाजवादीको ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०७६, बिहिबार

पोखरा, १४ कात्तिक – मंसिर १४ गते हुने कास्की क्षेत्र नं.२ को प्रतिनीधिसभाको उपनिर्वाचनमा आफ्नो उम्मेवारलाई विजयी गराउन समाजवादी पार्टीले ५०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति घोषणा गरेको छ।

समाजवादी पार्टीको विहिवार सम्पन्न विशेष भेलाले कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल सहसंयोजकत्वमा चुनाव प्रचार प्रसार समिति गठन गरेको हो।

उपनिर्वाचनमा बैकल्पिक राजनीतिक शक्ति समाजवादी पार्टीले आफ्नो उम्मेदवारलाई विजयी गराउन समेत विभिन्न उपसमितिहरु समेत गठन गरेको छ।

पोखरा महानगरपालिकाको वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ गरी एघारवटा वडामा ब्लक ब्लक र वडा वडाका कमाण्डका लागि केन्द्रीय, प्रदेश र तमुवानका नेताहरुलाई जिम्मेवारी प्रदान गरिएको गण्डकी प्रदेश इञ्चार्ज गणेशमान तमुले जानकारी दिए।

कास्की क्षेत्र नं. २ को उम्मेदवारका लागि गण्डकी प्रदेश समितिले धर्मराज गुरुङ, हेमबहादुर थापा किरण र रामबहादुर नेपालीको नाम केन्द्रमा सिफारिस गरेको छ। उक्त सिफारिस गरिएका नाम मध्येबाटै एक दुई दिन मै केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवार घोषणा गर्ने इञ्चार्ज तमुले बताए।

कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालिन पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द अधिकारी गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन पश्चात उपनिर्वाचन हुने भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->