शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्कीमा नाम थपियो, बागलुङको नाम घटाउन भनियो

कास्कीमा नाम थपियो, बागलुङको नाम घटाउन भनियो

नेकपा उम्मेदवार छनौट प्रक्रिया


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७६, शुक्रबार

पोखरा,१५ कात्तिक –  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गण्डकीले कास्कीले पठाएको उम्मेदवार सिफारिसलाई ‘अपूर्ण’ ठहर ग¥यो । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि उम्मेदवार सिफारिसमा परेकी विद्या भट्टराईसँगै पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ‘करन’ उम्मेदवारको लिष्टमा थपिए । केन्द्रले ३ जनाको नाम सिफारिस गर्न दिएको निर्देशन नमानेको तर्क गर्दै नाम थपिएपछि स्वर्गीय रवीन्द्र अधिकारी पत्नी विद्याले टिकट पाउने÷नपाउने विषय केन्द्रको तजबिजी अधिकार क्षेत्रमा गयो ।
गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र बागलुङ क्षेत्र नम्बर २‘ख’मा प्रदेशसभाको लागि चुनाव हुँदैछ । दुबै ठाउँको लागि नेकपा जिल्लाले उम्मेदवार सिफारिस गरे । कास्कीले १ जनाको मात्रै नाम पठायो भने बागलुङले ६ जनाको नाम सिफारिस ग¥यो । तर, प्राविधिक कारण देखाउँदै नेकपा गण्डकीले बागलुङलाई पनि ३ जनाको नाम पठाउन निर्देशन जारी ग¥यो । बागलुङबाट मोहनलाल शर्मा, तुलसी अर्याल, प्रेम सेरचन, केशर छन्त्याल र सीता कँडेल,शेरमान घर्तीको नाम सिफारिसमा प¥यो । कम पठाएको कास्कीमा प्रदेशले आफै नाम थप्यो तर बढी नाम पठाएइको बागलुङलाई तीन जनामात्रै पठाउन निर्देशन जारी गरियो । नेकपा बागलुङले अब तीन जनाको नाम कसरी छान्ने भन्नेबारे शुक्रबार ( आज) बैठक डाकेको छ । बागलुङको सो क्षेत्र यसअघि जनमोर्चाको चुनावी क्षेत्र हो । अघिल्लो चुनावमा वाम गठबन्धन बनाउँदा तत्कालीन एमाले र माओवादी केन्द्रले सो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाडेका थिए । जनमोर्चाबाट चुनाव जितेका प्रदेशसभा सांसद टेकबहादुर घर्तीको निधनपछि खालि भएको क्षेत्र पुन ः जनमोर्र्चालाई नै दिने सहमति पनि भइसकेको छ । उपल्लो तहमा सो सहमति भएको थाहा भए पनि कास्कीको कारणले प्रदेशले ३जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन दिएको नेकपा बागलुङका नेताहरुको बुझाई छ ।
‘हामीले त ठूलै संख्यामा संभावित रुचि हुने साथीको नाम पठाएका हौँ’, नेकपा बागलुङका एक नेताले भने,‘हामीले ३ जना पठाउन नसकेर ६ जना पठाएको हैन, साथीहरुको मनोविज्ञानलाई किन भाँच्ने भनेर कम्तिमा प्रदेशसम्म नाम पुगोस् भन्ने हो ।’ उनले आफूहरुले केन्द्रको सर्कुलर नबुझेर ६ जनाको नाम पठाएको हैन भन्ने कुरामा विशेष जोड दिँदै अगाडि भने,‘ जानीबुझी नै गरेको हो,नेतृत्व फेरि अलि प्राविधिक बन्यो, प्राविधिक नबनोस् नेतृत्व भन्ने कुरा हो,नेतृत्वले हामीलाई गाह्रो बनायो ।’
नेतृत्वले मान्यो भने किन हामीलाई अपजस दिने भन्ने सोचिए पनि त्यसो नभएकाले आफूहरु समस्यामा परेको उनले बताए । शुक्रबार बिहान बैठक बसेर ३ जनाको नाम टुंग्याउन भने कुनै समस्या नभएको उनले जिकिर गरे । गठबन्धनको कुरा चलिरहेको बेला उम्मेदवार नै बने पनि नाम निकाल्नु पर्ने कुरा त्यहाँका संभावित उम्मेदवारले बुझेका छन् । तर, जिल्लाले अन्तिम ३ मा मोहनलाल शर्मा, तुलसी अर्यालको नामसहितको लिष्ट पठाउने तयारी थालेको छ । यता, सो क्षेत्रको लागि राष्टिङय जनमोर्चाले स्वर्गीय सभासद टेकबहादुरकी धर्मपत्नी सुनमाया घर्ती, धर्मबहादुर कुँवर र खिमविक्रम शाहीको नाम सिफारिस गरेको छ । केन्द्रको सहमति उल्टेन भने बागलुङमा यी मध्येकै एकजना वाम गठबन्धनको साझा उम्मेदवार बन्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->