शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नव सिर्जना युवाक्लव ताराखाेलाकाे सिर्जनशिल काम : सांसद राेका

नव सिर्जना युवाक्लव ताराखाेलाकाे सिर्जनशिल काम : सांसद राेका


  • सज्जन कुमार सिंह
  • कार्तिक १६ २०७६, शनिबार

ताराखाेला,१६ कात्तिक – नव सिर्जना युवा क्लव ताराखाेलाकाे साेह्राे बार्षिकाेत्सव तथा दिपवाली मेलाकाे शनिवारदेखि सुरु भएकाे छ ।
गण्डकी प्रदेशका सदस्य दिलकुमारि राेका दिपाले कार्यक्रमकाे उद्घाटन गर्दै ताराखाेलाकाे दुर्गम गाउमा रहेर क्लवले गरेकाे कामले अाफुलाइ खुसि लागेकाे बताईन् । गाउमा भएका प्राकृतिक स्राेत,कृषि,वन पैदावार,ढुंगाखानीहरु सञ्चालनमा ल्याएर उत्पादनमा जाेडिने नेतृत्व पनि क्लवले गर्नुपर्ने अाैलाईन् ।
प्रदेश सरकारले एक घर एक धाराकाे अवधारा अनुसार ताराखाेलामा सबै घरघरमा पानी पुर्‍याउने लक्ष्य ल्याएकाे बताईन् । ग्रामिण भेगमा माेटरबाटाे विद्युत लगाएतका विकासमा सरकारले प्राथमिकताका साथ दिने र अाफुले पनि अाफ्नाे भुमिका निर्वाह गर्ने पनि प्रतिवद्दता व्यक्त गरिन ।
ताराखाेला गाउपालिकाका उपाध्यक्ष दिल कुमारि पुनले क्लवमा सहभागि युवाले समाज परिवर्तनमा खेलेकाे भुमिका निकै महत्वपूर्ण रहेकाे बताइन् । ताराखाेला भित्र यस सस्थाले गरेका कामले अाफुलाइ निकै खुसि लागेकाे बताउदै युवाहरु अघि बढे समाजले छाेटाे समयमै काचुली फेर्छ ।”उपाध्यक्ष पुनले बताइन ।
सस्थाका सल्लाहकार तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नरेश केसीले शुभकामना दिदै नवसिर्जना युवा क्लवले विपतमा परेका व्यक्ति,शैक्षिक क्षेत्रमा पनि सकरात्मक भुमिका निर्वाह गरेकाेले सबैकाे मन जित्न सफल भएकाे जानकारि दिए । नेपालमाविकाे स्वर्णउत्सवमा क्लवकै पहलमा रु दश लाख रकम उठाएर विद्यालय प्रदान गरेकाे थियाे । जेष्ठ नागरिक,विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गर्दै अाएकाेछ याे सरानिय काम हाे “।केसीले भने ।
जिल्लन समन्वय समिति बागलुङका सदस्य फूलमाया पुन “जलजला” क्लवले निकै सकरात्मक ढंगले अाफ्ना क्रियाकलाप अघि बढाएकाे प्रति खुसी भएकाे बताए ।
जेष्ठ नागरिक तथा विद्यार्थीलाइ सम्मान
क्लवले बार्षिकाेत्सवकाे अवसरमा पाच जना जेष्ठ नागरिकलाई दाेसल्ला र न्यानाे कपडा वितरण गरिएकाे छ । त्यस्तै गरिव तथा जेहेन्दार ८ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री र अार्थिक सहयाेग गरेकाे छ ।
ताराखाेला गाउपालिका बाट सञ्चार क्षेत्रमा याेगदान दिल निशानी, कृषि क्षेत्रका उत्कृष्ट कृषक ,निरज बगाले ,शिक्षा क्षेत्रमा याेगदान पुर्‍याउन नेपाल मावि ताराका अध्यक्ष दिवश खत्री पदम ,
नारि उत्थान मा याेगदान पुर्याउने ,फूलमाया पुन “जलजला”समाजसेवी तिलक ब राेका ,सफल ब्यवसायी बल बहादुर राेका खेलकुद फमार्फत याेगदान पुर्‍याउने महिला खेलाडि हिमाली राेकालाइ सम्मान गरिएकाे थियाे ।
अपांगता धनकुमारि घर्तिकाे अार्थिक सहयाेग अभियान सुभारम्भ
रुखबाट लडेर मेरुदण्ड भाचिएकि ताराखाेला गाउपालिका ४ कि युवति धनकुमारि घर्तिकाे उपचारका लागि क्लवले अाजै सहयाेग अभियान शुभारम्भ गरेकाे छ । उक्त अभियानकाे व्यानर गण्डकी प्रदेश सदस्य दिपा राेकाले उद्घाटन गरेकि थिईन् ।
तिन दिन देखि चलेकाे मेलामा खुल्ला पुरुष ,महिला भलिबल प्रतियोगिता ,ब्याटमिन्टन,धनुस बाण, सामुहिक नृत्य लगायतका कार्यक्रम अायाेजना गरिएकाे छ सस्थाका अध्यक्ष पुर्णभद्र निउरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->