बागलुङ,१७ कात्तिक – स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रीक मोर्चावाट वडाअध्यक्षमा निर्वाचित बागलुङको ढोरपाटन नगरपालिका–३ का वडाअध्यक्ष नेकपा प्रबेश गरेका छन् । आईतवार पार्टि परित्यागको घोषणा गरेका वडाअध्यक्ष हेमेन्द्र घर्ति मगर आईतवारनै नेकपाले आयोजना गरेको उप–निर्वाचन तयारी बैठकमा नेकपा प्रबेश गरेका हुन् ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट वडाअध्यक्षमा बिजयी भएका घर्ति निर्वाचित हुँदा तत्कालिन माओवादी केन्द्रसँग तालमेल गरेका थिए । सानो पार्टिमा बसेर काम गर्न असजिलो भएको भन्दै नेकपामा प्रवेश गरेको घर्तिले बताए । उनी सहित ढोरपाटन नगरपालिका–३ बाट नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता समेत नेकपा प्रवेश गरेका छन्् ।
घर्ति सहित झण्डै १ सय कार्यकर्तालाई ढोरपाटन नगर कमिटि र जिल्ला कमिटिका पदाधिकारीहरुले अविर लगार प्रवेश गराएका थिए । यसैबीच नेकपाको चुनाव केन्द्रित भेला पनि आईतवारनै सम्पन्न भएको छ । उपनिर्वाचनमा आफ्नो पार्टिको उमेदवार लिएर जाने तयारीमा रहेकोे नेकपा स्रोतको भनाई छ । केही हप्ता अघि नेकपा पार्टि अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भएको मौखिक समझदारीमा यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई सघाएर जाने भनिएपछि नेकपा वृक्तमा हलचल पैदा भएको छ ।
स्थानीय स्तरमा आफ्नो पार्टिले एक्लै चुनाव जित्ने दावी गरेका नेकपाका नेता कार्यकर्तालाइ पार्टि केन्द्रको निर्णयले अन्याय गर्ने स्थानीय नेताको बुझाई छ । पार्टि केन्द्रले, यो क्षेत्रमा नेकपालाई समर्थन गर्ने गरि राष्ट्रिय जनमोर्चाका तर्फबाट साँसद दुर्गा पौडेललाई उपसभामुख वा अन्य पदमा मिलाएर जानु पर्ने माग सहित नेकपाको एक टोली अघिल्लो हप्ता काठमाण्डौ पुगेको थियो । जिल्ला नेतृत्व सहितको टोलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई भेटेर, यो क्षेत्रमा नेकपाकै उमेदवारलाई चयन गर्न र केन्द्रमा जनमोर्चालाई उचित तरिकाले संबोधन गर्न उनीहरुले आग्रह गरेका थिए । नेकपाले उमेदवारको टुँगो लगाउने गरि छलफलमा रहेको जनाइएको छ ।
यसैबिच आगामी मंसिर १४ गते हुने उप—निर्वाचनका विषयमा राष्ट्रिय जनमोर्चाले बागलुङ पश्चिमका तीनवटै पालिकाका अगुवा कार्यकर्ताबीच छलफल चलाएको छ । शनिबार बुर्तिबाङमा आयोजना गरिएको कार्यक्रममा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका पार्टि कार्यकर्ता, नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
बागलुङको क्षेत्र नं. २, प्रदेश (ख) मा हुने प्रदेश सभा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चाले, स्वर्गिय साँसद टेकबहादुर घर्तिकी धर्मपत्नी सुनमायाँ घर्ति, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष धर्मबहादुर कुवँर र जिल्ला सदस्य खीम विक्रम शाहीको नाम केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा पार्टि संयन्त्र परिचालन तथा कार्यकर्तालाई निर्वाद रुपमा प्रचार प्रसारमा लाग्न समेत पार्टि नेतृत्वबाट निर्देशन गरिएको बताइएको छ ।





