बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्कीमा विद्या, बागलुङमा नेकपाले जनमोर्चालाई सघाउने

कास्कीमा विद्या, बागलुङमा नेकपाले जनमोर्चालाई सघाउने

कास्कीमा राप्रपाबाट रोमबहादृुर, बागलुङमा गणेश


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७६, आइतबार

पोखरा,१७ कात्तिक –  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले अन्ततः कास्की क्षेत्र नम्बर २ को लागि विद्या भट्टराई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार साँझको नेकपाको बैठकले कास्कीबाट पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्यालाई नै उम्मेदवार बनाउने निर्णय भएको हो । यसअघि विद्यालाई उम्मेदवार बनाउने कास्की जिल्ला कमिटिको निर्णयमा प्रदेश कमिटिले पुराना नेता सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ ‘करन’को नाम थप गरि केन्द्रमा पठाइएको थियो ।
विद्या नै उम्मेदवार बन्ने चर्चाबीच तीन जनाको नाम सिफारिस भएपछि अर्को व्यक्ति उम्मेदवार बन्न सक्ने चर्चा चले पनि केन्द्रले अन्तिममा विद्यालाई नै टिकट दिएको हो । यो निर्णयसँगै विद्यार्थी राजनीतिपछि प्राध्यापनमा लागेकी विद्या पुन ः राजनीतिमा सक्रिय बन्ने भएकी छन् । नेकपाले कास्की उपनिर्वाचनसहित देशका अन्य क्षेत्रमा हुने निर्वाचनको लागि पनि उम्मेदवार तय गरेको छ । नेकपाले कास्कीमा विद्या भट्टराई, दाङ ३ मा विमला ओली, भक्तपुरमा देवी प्रसाद ढकाल (डिपी), र सुनसरीको धरान उपमहानगरपालिकामा मेयर पदका लागि प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यता बागलुङमा भने राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने नेकपाले निर्णय गरेको छ ।

कास्कीमा राप्रपाबाट रोमबहादृुर, बागलुङमा गणेश

कास्की–२ का लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले पार्टीका केन्द्रीय सदस्य समेत रहेका रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको हो ।आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुमा उम्मेद्वारको तय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->