बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनताले खोजेको विकल्प साझा नै हो : रजनी केसी

जनताले खोजेको विकल्प साझा नै हो : रजनी केसी


  • Dhorpatan News
  • कार्तिक २० २०७६, बुधबार

साझा पार्टीले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै कास्की २ मा हुने प्रतिनिधीसभा उपनिर्वाचनमा सबैभन्दा पहिले उम्मेदवार टुंग्यायो । यतिबेला साझा चुनावी अभियानमा छ । तिहारमा देउसी भैलो खेल्दै उनीहरुले भोट मागे । उम्मेदवार घोषणाको क्रममा पार्टीका संयोजक रवीन्द्र मिश्रले वैकल्पिक शक्तिको लागि जनताले साझालाई भोट दिने दावी मात्रै गरेनन्, आफ्ना कार्यकर्तालाई घरघरबाट मकै भटमास भुटेर ल्याउनुहोस, चिउरा बोकेर आउनुस, प्लाष्टिक बोतलमा पानीको बोतल बोकेर आउनुस् । पाँच हप्तासम्म मकै, भटमास र चिउरा खाएर कोही पनि कसैलाई स्वास्थ्यमा नराम्रो असर पर्नेवाला छैन् । यदि देश बनाउने हो भने त्यति त्याग हुनुपर्छ ।’ भन्ने निर्देशन पनि दिए ।
२०७४ को प्रतिनिधीसभा निर्वाचनमा रविन्द्र अधिकारी विजयी बन्दा त्यतिबेलाको विवेकशील साझा पार्टीबाट तराजु चिन्ह लिएर पहिलोपटक चुनावी मैदानमा उत्रिएका थिए, श्रीकृष्ण श्रेष्ठ । साझा पार्टीको अहिलेको चुनावी चिन्ह पनि तराजु नै छ । श्रेष्ठले ०७४ को चुनावमा ल्याएको मतसंख्या थियो, ८४३ । अर्थात कुल खसेको मतको १.७४ प्रतिशत । त्यतिबेलाको निर्वाचनमा विवेकशील साझा पार्टी मतसंख्याको आधारमा तेश्रो पार्टी बनेको थियो । तर, यतिबेला साझाको अघिल्लो फुर्को छैन । विवेकशील छुट्टै पार्टी भएको छ र उसले कास्कीमा आफ्नै उम्मेदवार उठाएको छ । दुबैले वैकल्पिक शक्तिको दावा गरे पनि अबको चुनावमा साझा र विवेकशीलबीच पनि प्रतिष्ठाको प्रतिष्पर्धा हुने देखिएको छ । यस्तोमा ढोरपाटनले कास्कीमा पहिलो पटक उम्मेदवारी घोषणा गर्ने साझाकी रजनी केसीसँग चुनाव केन्द्रित भएर कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश । – सम्पादक
रजनीजी प्रचारमा त सबैभन्दा अघि देखिनु भएको छ, अहिलेसम्मको प्रचार कस्तो छ ?

हामीले तिहारमा देउसी भैलो खेल्ने क्रममा पनि जनताको घरदैलोमा गयौँ । साझाका एजेण्डाहरुबारे उहाँलाई जानकारी गरायौँ । आम मान्छेहरुले हामीलाई जुन माया दिनुभयो, त्यसले हामीलाई उत्साहित बनायो । प्रचारको क्रम त निरन्तर चलिरहन्छ । चुनावी अभियानमा साथीहरु पनि जुट्नु भएको छ । म अहिले जनताकै बीचमा उहाँहरुकै कुरा सुन्दै उहाँहरुलाई वैकल्पिक शक्ति र साझाको अवधारणाबारे जानकारी दिइरहेको छु ।

उम्मेदवार दिनुभयो, जित्ने आधारहरु केके छन् ?
अहिले वर्तमान परिप्रेक्ष्य हेर्दा, अहिलेका दलको परफमेन्स, जनताको सत्तापक्षको विश्वासमा आएको ह्रास, प्रतिपक्षको भूमिकाका अविश्वास देखिएको छ । अहिलेको सरकारप्रतिको वितृष्णा, महंगी, जनताले खोजेको समृद्धि र विकासका कुराहरुबाट जनताले धोका भएको महसुस गरिरहेका छन् । अहिलेका नेताहरुमा जिम्मेवारी देखिएको छैन् । साझा पार्टीका चार आधार ईमान्दारिता, पारदर्शिता र पद्धतिबाट उत्कृष्टता हासिल गर्ने मूलमन्त्रका आधारमा हामी चुनावमा भाग लिएका हौँ ।
तर, तपाईहरुले जनतालाई विश्वास कसरी विश्वस्त तुल्याउनुहुन्छ ?
जनताप्रतिको जुन वितृष्णा छ । उहाँहरुले चाहेर पनि वैकल्पिक पार्टी भेट्नुभएको थिएन । तर, अहिले हाम्रो पनि विकल्प छ है भन्ने परेको छ । साझा पार्टीको केन्द्रदेखि प्रदेश जिल्ला तहको नेतृत्वले उहाँहरुमो आशाको सञ्चार भएको छ । सबै नेताहरुको पृष्ठभूमि हेर्न सक्नुहुन्छ । उहाँहरुको पृष्ठभूमि हेर्दा स्थापित र उत्कृष्टता हासिल गरेको । दाग नलागेको, औँला ठडयाउने ठाउँ नभएको, आरोप नलागेको हुनुहुन्छ । आलिसान जीवन त्यागेर आउनुभएको छ । यो देश र जनताको चिन्ताको लागि छ । यसबारेमा जनताहरु जानकार छन् ।
वैकल्पिक शक्ति र तपाईले उठाएका एजेण्डा त अहिलेकै प्रतिपक्षले पनि उठाईरहेका छन्, नि फेरि साझालाई नै किन रोज्ने ?
हो, प्रतिपक्षले उठाएका छौँ भनेका छन्, सत्तापक्षले पनि गरिरहेका छौँ भन्ने गरेका छन् । तर विश्वास र आभाष चाहिँ जनतालाई भएको छैन् । करनी र कथनीमा मेल खाएको देख्नुभएको छ त ?
२०७४ को निर्वाचनमा हजार मत पनि ल्याउनुभएन, अहिले ७१ हजार मतदाता छन्, उनीहरुसमक्ष कसरी पुग्नुहुन्छ ?
पहिलेको निर्वाचनको बेला भनेको साझा पार्टी भर्खरै दर्ता भएको थियो । २÷३ महिनामा नै चुनाव फेस गर्नुप¥यो । अहिले बिचको चुनावको बिचमा चाहिँ अत्याधिक साझा पार्टीलाई रुचाएको अवस्था छ । जनताले खोजेको विकल्प साझा पार्टी छ भन्ने विश्वास परेको छ । अर्कोतर्फ, उपनिर्वाचन क्षेत्र नं. २ मा मेरो व्यक्तिगत, सामाजिक र राजनीतिक छाप पनि छ । प्रशासनिक अनुभव पनि छ । साझा पार्टीको मूलभूत सिद्धान्त पनि छ । मैले बोकेको मूल्य मान्यता र आस्था थियो । हामीले यसबारेमा जनतालाई विश्वस्त तुल्याउनेछौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->