शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नेकपालाई बर्दियाको झस्को, पहिलो कार्यक्रममै प्रचण्ड आउने

नेकपालाई बर्दियाको झस्को, पहिलो कार्यक्रममै प्रचण्ड आउने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७६, बुधबार

पोखरा, २० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि २६ सय ४१ जनाको ‘जम्बो’ निर्वाचन परिचालन कमिटि गठन गरेको छ । निर्वाचन कमिटिको मुल कमाण्ड कमिटिको जिम्मेवारी कास्की इन्चार्ज राजकाजी गुरुङ‘करन’लाई दिइएको छ भने निर्वाचन संयोजक कास्की अध्यक्ष कृष्ण थापा रहेका छन् । नेकपा कास्कीको सोमबार सम्पन्न पाचौँ पूर्ण बैठकले क्षेत्र नम्बर २ मा पर्ने पोखराका सबै वडामा पनि हेभिवेट नेताहरुलाई नै वडास्तरीय कमाण्ड टिमको जिम्मेवारी दिएको छ । यसैगरि निर्वाचनको अनुगमन र निर्देशनको लागि पार्टीका गण्डकी सह–इन्चार्ज खगराज अधिकारीको संयोजकत्वमा अर्को कमिटि बनाइएको छ । कास्की क्षेत्र नम्बर २ मा नेकपाले स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । पार्टीले निर्वाचन परिचालन कमिटि गठन र निर्वाचन केन्द्रित कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्या भने उपस्थित भइनन् । स्रोतका अनुसार प्राध्यापन पेशामा रहेकी उनी आफ्नो पदबाट दिएको राजीनामालगायतका प्र्रक्रिया मिलाउने क्रममा उनी काठमाडौं नै छन् ।
‘हामीले बर्दियाबाट पनि एउटा कुरा सिक्यौँ,त्यसैले प्रत्येक वडा र भूगोल कमिटिको कार्यालय भएका ठाउँमा हामीले निर्वाचन परिचालन कमिटि गठन गरेका हौँ’, पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने,‘देशभरबाट ( बर्दियामा ) चुनाव प्रचार गर्न जाने तर त्यहाँका मान्छेलाई चिन्नु छैन, भाषा बुझ्नु छैन, त्यहाँबाट सिकेर हामीले यहाँ स्थानीयहरुलाई नै चुनावी जिम्मेवारी दिएका हौँ ।’ थापाले वामदेवको बर्दियाबाट पराजय र त्यहाँको चुनाव प्रचारमा केन्द्रीय नेताहरु परिचालित भएको सन्दर्भ उठाउँदै कास्कीमा त्यस्तो कमजोरी नरहने दावी गरे । थापाले वामदेवको चर्चा गरिरहँदा चुनावी कमाण्डको जिम्मेवारी पाएका राजकाजी गुरुङ ‘करन’ सुनिरहेका थिए । थापाले यो पटकको चुनावमा नेकपाको उम्मेदवारले अघिल्लो पटक रवीन्द्रले पाएको भन्दा ५ हजार बढी मतले जित्ने दावी गरे। रवीन्द्रले अघिल्लो चुनावमा आफ्ना निकटतम् प्रतिद्धन्द्धी लाई ८ हजार ५ सय ४२ मतले पराजीत गरेका थिए। उनले चुनावमा नेकपाले निर्वाचन आयोगले तोेकेको भन्दा १ रुपैयाँ पनि बढी खर्च नगर्ने जिकिर गरे । ‘हामी २५ लाख रुपैयाँमै चुनाव सक्छौँ’, उनले भने,‘कार्यकर्ता र शुभेच्छुकले दिएको सहयोगले नै चुनाव सकाइन्छ ।’ त्यसो त पार्टीले कात्तिक २३ गते आयोजन ागर्ने पहिलो प्रशिक्षण कार्यक्रममै पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल पोखरा आउँदैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->