शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कांग्रेसी कार्यकर्ताको आक्रोस , कुशको उम्मेदवारको मनोयन गर्ने हो र ?

कांग्रेसी कार्यकर्ताको आक्रोस , कुशको उम्मेदवारको मनोयन गर्ने हो र ?

कास्की उपनिर्वाचनमा कांग्रेसको उम्मेदवारको टुंगो लागेन


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०७६, बुधबार

पोखरा, २० कात्तिक – विहीबार अर्थात कात्तिक २१ गते कास्कीसहितका सबै उपनिर्वाचन हुने क्षेत्रका उम्मेदवारले मनोनयन–पत्र दर्ता गराउनु पर्छ । निर्वाचन आयोगको समयसीमा बुझेरै कास्कीमा क्रियाशिल दलहरुले आफ्नो उम्मेदवार घोषणा गरिसकेका छन् । सत्तारुढ नेकपाले विद्या भट्टराईलाई उम्मेदवार तोेकेको छ । साझाले रजनी केसी, समाजवादीले धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर कार्की, विवेकशीलले जमुना शर्मालाई उम्मेदवार घोषणा गरिसक्यो । उम्मेदवारहरुमध्ये केही अहिले पनि घरदैलोमा छन् ।

साझाका संयोजक रवीन्द्र मिश्र बुधबार बिहान पोखराको महेन्द्रपुल क्षेत्रमा आफ्नो उम्मेदवारलाई भोट माग्दै हिँडे । सबै दलहरु यतिबेला मनोनयनमा शक्ति प्रदर्शन गर्ने तयारीमा छन् । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसमा भने अझसम्म उम्मेदवार टुंगो लागेको छैन । कास्की कांग्रेसले पठाएका १६ जनामध्ये कसलाई टिकट दिने भन्ने कांग्रेस केन्द्रीय समितिले टुंग्याउन सकेकै छैन । यस्तो अवस्थामा कास्की कांग्रेसको सचिवालयले एउटा निम्तो जारी ग¥यो । निम्तोमा भनिएको थियो,‘उम्मेदवार दर्ता कार्यक्रममा उपस्थित हुनू ।’ रमाइलो त के भने, रंगीन निम्तो कार्डमा उम्मेदवारको नाम थिएन । कांग्रेसका शुभेच्छुकहरुले सामाजिक सञ्जालमा यही निम्तो कार्ड हालेर कार्यकर्तालाई जुलुसमा सहभागि हुन आग्रह गरे । कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य विन्दुकुमार थापा पनि यही निम्तो कार्ड प्रयोग गर्न बाध्य बने ।

तत्कालै कांग्रेसका शुभेच्छुकले सामजिक सञ्जालमै लेखे,‘बेहुला बिनाको जन्तीको निम्तो ।’ कतिपयले त ‘कुश’को उम्मेदवार लिएर मनोनय गर्न जाने हो र ? भन्नेसम्मका प्रश्न पनि तेस्र्याए । उम्मेदवार चयनमा ढिलाई भएकोमा कांग्रेसीहरु जति आक्रोशित छन्, उति नै चिन्तित पनि देखिन्छन् । तर, कांग्रेसबाट टिकटका आकांक्षीहरु भने यतिबेला काठमाण्डौमा केन्द्रको निर्णय कुरेर बसेका छन् । कहिले देवराज चालिसे, कहिले खेमराज पौडेल, कहिले कृष्ण कार्की त कहिले धनराज गुरुङ अनि कहिले िऋषि काफ्ले उम्मेदवार बन्ने रे भन्ने हल्लाकै बीच उनीहरु निरास देखिन्छन् । ‘यो त पक्का कांग्रेसी पारा नै भयो,यस्तो चालले कसरी संगठन चल्छ, अनि कसरी चुनाव प्रचारमा कार्यकर्ता परिचालन गर्न सकिन्छ ?’, कांग्रेसका एक जिल्लास्तरीय नेताले निरासा पोख्दै भने,‘ क्षेत्रीय समिति र जिल्ल्ला समितिले आफ्नो जिम्मेवारी राम्रोसँग निभाएको भए यस्तो हुँदैनथ्यो तर केन्द्रले पनि मध्यरात नै कुर्ने प्रवृत्ति ठीक भएन ।’ कांग्रेसबाट खेमराज पौडल,महादेव गुरुङ,सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य,देवराज चालिसे, माधव बास्तोला‘मधु’,महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे,गुरु बराल, विजय आचार्य,केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारीको नाम केन्द्रमा सिफारिस भएको छ । यीमध्ये अधिकांश नेताहरु अहिले पनि काठमाण्डौ नै छन् । उनीहरु कांग्रेसका विभिन शक्तिकेन्द्र धाउँदै आफ्नो पक्षमा निर्णय गराउन ‘लविङ’ गरिरहेका छन् । स्रोतका अनुसार बुधबार साँझ अवेरसम्म कांग्रेसले उम्मेदवार टुंग्याउने छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नै टिकटको अन्तिम निर्णय गर्नेछन् । तर, देउवा यो पटक आफ्नो गुटभन्दा पनि आउँदो अधिवेशनलाई आफ्नो पक्षमा पार्नेगरि टिकट बितरण गर्ने मनशायमा देखिएको स्रोतले बतायो । त्यसैले उनको गुटमा नरहेका स्याङ्जाका धनराज गुरुङको नाम बढी चर्चामा आएको पनि स्रोतको दावी छ । सामजिक सञ्जालमा सक्रिय धनराजको पछिल्लो समयमा युवाहरुमाझ प्रभाव बढ्दै गएको छ । देउवाले त्यो प्रभावलाई आउँदो महाधिवेशनमा प्रयोग गर्न चाहे भने धनराज उम्मेदवार बन्न सक्ने सम्भावना बढी देखिएको स्रोतको दावी छ ।

तर, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र कांग्रेसको परम्परागत शक्तिकेन्द्र कोइराला परिवारलाई पनि साथमा लिनुपर्ने भएकाले निर्णयमा ढिलाई भएको स्रोतको दावी छ । यता, अघिल्लो चुनावमा विजय हाँसिल गरेको नेकपाले यो चुनावमा मतान्तर झन बढाउने उद्घोष गरेको छ । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले मंगलबारको पत्रकार सम्मेलनमा यो चुनाव १३ हजार ५ सय ८२ मतले जित्ने उद्घोष गरे । अघिल्लो चुनावमा सो क्षेत्रबाट तत्कालीन एमालेका उम्मेदवार रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजीत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->