बागलुङ,२१ कात्तिक – आगामि मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टिले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ को २ प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा साझा बाम उम्मेदवार खडा गरेका छन्भने नेपाली कांग्रेसले यस अघिको निर्वाचनमा पनि उप बिजेताबनेका उम्मेदवारलाईनै चुनावी मैदानमा उतार्ने गरी मनोनयन दर्ता गराएको छ ।
समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टि संयुक्त र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साझा बाम उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका नेता खिम बिक्रम साहीको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसका जीत सेरचनले उम्मेदवारी दर्ता गराएका छन् । उनी सोही क्षेत्रमा भएको यस अघिको निर्वाचनमा उप बिजेताबनेका थिए । राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी उम्मेदवार बनेका छन् । समाजवादी पार्टिबाट अशोक कुमार बिकले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेशबहादुर कँवरलाई उम्मेदवार बनाएको छ ।
संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट अनिल कुमार राई उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमुीक्त पार्टिका यामबहादुर मगरले मनोनयन दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट मित्र बहादुर मगर उम्मेदवार बनेका छन् । संयुक्त बाम उम्मेदवारको मनोनयन दर्ताका लागि नेकपाका स्थाई कमिटि सदस्य देवेन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय उपाध्यक्ष भीमप्रसाद शेरचन पनि उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्तापछि बोल्दै नेताहरुले आ–आफ्नै उम्मेदवारले जित्ने दावी गरे ।
बिबेकशिल नेपाली दलको समर्थमा ढोरपाटन नगरपालिका १ का सन्तोष भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नेकपामा असन्तुष्ट बनेका शेरमान घर्तिको पनि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
बाममा बागी
नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका लागि प्रदेश सरकारलाई गरेको सिफारीसमा ६ जनाको लिष्टमा परेका सेरमान घर्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । लामो समय पार्टिमा रहेर काम गरेको भएपनि पार्टिले मुल्यांकन नगरेको भन्दै उम्मेदवारी दर्ता गराएको सेरचनले प्रतिकृया दिए । ‘नेताका नजिक अरु रहेछन जनताका नजिकै बसेर मैले काम गरीरहेको छु’ घर्तीले भने ‘चुनावी परिणाम जनताका पक्षमा आउँछ त्यसैको लागि मेरो उम्मेदवारी हो ।’ नेकपा केन्द्रले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निणर्य गरेपछि बागलुङमा राजमोका खिम बिक्रम मात्रै साझा उम्मेदवार थिए ।





