शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बरेङमा जनतासंग  जनप्रतिनिधि

बरेङमा जनतासंग  जनप्रतिनिधि


  • Dhorpatan News
  • कार्तिक २३ २०७६, शनिबार

बागलुङ,२३ कात्तिक – नेकपा बागलुङले सुरु गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम शुक्रबार बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सकिएको छ । कार्यक्रममा सहभागी सर्वसाधारणले बागलुङ – कुश्मीशेरा – बरेङ – शान्तिपुर सडक खण्ड कालोपत्रेको बिषयमा प्रश्न उठाएका छन् । बर्षौं पहिले सुरु भएको कृषि सडक कालोपत्रे नहुँदा सर्वसाधारण्लाई सास्ती भएको भन्दै उनीहरुले सडकको तत्काल स्तरोन्नती र कालोपत्रे गर्नुपर्ने माग गरे । बरेङमा रहेको स्वास्थ्यचौकीले सर्वसाधारणलाई सामान्य स्वास्थ्य सुबिधा समेत दिन नसकेको उनीहरुको गुनासो थियो । राज्यले स्वास्थ्यकर्मीको पदपुर्ती र प्राबिधिक उपकरण सहयोग नगरेका कारण सामान्य स्वास्थ्योपचारको लागि समेत छिमेकी जिल्ला जानुपरेको उनीहरुको गुनासो थियो । कार्यक्रममा खानेपानी, भुकम्प पछिको पुनःनिर्माण लगायतका बिषयमा सरोकारवालाको ध्यान जानुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले सर्वसाधारणको चासो जायज रहेको भन्दै सडक कालोपत्रेको काम अघि बढेको बताए । आँफुले सर्वसाधारणले पाएको सास्ती महशुस गरेर नीति निर्माणको तहमा भुमिका खेलिरहेको दाबी गर्दै पाठकले आधारभूत तहका सर्वसाधारणले सुबिधा पाउनेगरी बिकास निर्माणले गति लिने उनले बताए । गण्डकी प्रदेशसभा सदस्य सावित्रा रानाले प्रदेश सरकारले हरेक पालिका मुकामसम्म पुग्ने सडक कालोपत्रे गर्ने नीति लिएकाले बरेङ सम्मको सडक तत्काल कालोपत्रे हुने विश्वास व्यक्त गरिन् । कृषि सडकका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेर टेण्डर प्रक्रियामा गएको उनको भनाई थियो । स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा पनि सरकारले लगानी बढाएको भन्दै ग्रामिण तहमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता कार्यक्रममा सांसदहरुले जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->