बागलुङ ,२४ कात्तिक – बागलुङ क्षेत्र नं २ (ख) मा आगामि मंसिर १४ गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दिएका शेरमान घर्तीले आईतवार उम्मेदवारी फिर्ताकालागि हेलिकप्टर चार्टर गरेर जिल्ला सदरमुकाम आएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि तोकेको समय सकिएपछि सदरमुकाम आईपुगेका घर्तीको उम्मेदवारी भने फिर्ता भएन् । नेकपा निकट घर्तीले पार्टीको चौतर्फि दवाव पछि उम्मेदवारी फिर्ताको मनस्थीति बनाएका थिए । दिउँसो १ बजे सम्म आियोगले उम्मेदवारी फिर्ताका लागि समय सिमा तोकेको भएपनि घर्ती १ः२० बजे मात्रै हेलिकप्टर मार्फत बुर्तिबाङ बजारबाट जिल्ला सदरमुकाम आएका थिए । उम्मेदवारी फिर्ताका लागि सदरमुकाम आएका घर्ति समय सकिएपछि आएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालय नगाई सिधै नेकपा जिल्ला कमिटिको कार्यालयमा पुगेका थिए । ‘अहिले उहाँ हामी सँगै हुनुहुन्छ’ जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले भने ‘अव के गर्ने भन्ने बिषयमा छलफल भैरहेको छ ।’
नेकपा–राजमो गठबन्धनसँग बिद्रोह गरेर बागी उम्मेदवारी दिएका घर्तीले निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ताको समय सम्म निवेदन दर्ता नगराएकाले दशै जना चुनावी मैदानमा उत्रिने पक्का भएको हो ।
यद्धपी मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने अन्तिम नामावली प्रकाशन गरीसकेको छैन् । ‘एक बजे सम्म कुनैपनि निवेदन परेको छैन्’ जिल्ला निर्वाचन अधिकारी बिकाशचन्द्र शर्माले भने ‘अन्तिम नामावली प्रकाशनहुन बाँकी छ ।’ बागी उम्मेदवारी परेपछि नेकपाले शेरमानको उम्मेदवारी फिर्ताका लागि प्रयास थालेको थियो ।
आईतवार बुर्तिबाङ बजारदेखि शेरमानलाई हेलिकप्टर चार्टर गरेर जिल्ला सदरमुकाम ल्याईएको थियो । उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजे सम्म भएपनि शेरमान जिल्ला सदरमुकाम आउँदा १ः२० बजेको थियो । ‘ढिलागरी आउनुभयो उम्मेदवारी mिर्ता भएन्’ नेकपा जिल्ला अध्यक्ष ईन्द्रला सापकोटाले भने ‘सल्लाह हुँदैछ मिले बाम उम्मेदवारको प्रचारमा हिड्नु हुन्छ नमिले आफ्नो चुनावी प्रचार गर्नुहुन्छ ।’ उनीबाहेक १ स्वतन्त्र सहित ८ दल चुनावी मैदानमा उत्रिनेछन् ।





