आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पर्यटनका लागि दिर्घकालिन योजना

पर्यटनका लागि दिर्घकालिन योजना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७६, मंगलबार

बागलुङ, २६ कात्तिक – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले पर्यटन क्षेत्रहरुको गुरुयोजना बनाएर दिर्घकालिन बिकास मोडल तयार गर्न सरकार लागेको बताएका छन् । गण्डकी प्रदेश सरकारले १ सय पर्यटन क्षेत्र घोषणा गरेको छ । ती मध्येको बागलुङको भैरवस्थानमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै लम्सालले चालु बर्ष गुरुयोजना बनाइसकेर आगामी बर्ष थप बिकासका संरचना तयार गर्ने बताए । उनले चालु बर्ष ५० लाख बजेटले गुरुयोजना बनाउन सघाउने बताए । उनले आफ्नो स्थानको बिकासमा स्थानीय जागेपछि सरकारबाट पनि थप सहयोग प्राप्त हुने आश्वासन पनि दिए ।

सोमबार बलेवा स्थित कालभैरव मन्दिर परिसरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम तथा भैरवस्थानको बिकासको संभाव्यता अध्ययनका लागि मन्त्री लम्साल आइपुगेका थिए । कार्यक्रममा पुगेका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पर्यटनको केन्द्र बनाउन भैरवस्थानमा लगानी बढाएको बताए । उनले पहुँच सडकको रुपमा लगानी भैरहेकोले पर्यटक सहजै पुग्न सक्दा महत्व बढ्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेल, कांग्रेस नेता चन्द्रबहादुर खत्री, जिल्ला पर्यटन केन्द्रका अध्यक्ष राजु खड्का लगायतले पर्यटक भित्राउन स्थानीय स्तरमै काम गर्नुपर्ने धारणा राखे ।

वडा नं. १२ का अध्यक्ष गुरुदत्त पाठकको अध्यक्षता, पूर्वाधार निर्माण समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको स्वागत र डिल्ली आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । १७८१ सालमा स्थापना भएको कालभैरव मन्दिरलाई योजनाबद्ध ढंगले बिकास गर्ने, गुरुयोजना बनाएर काम थाल्ने योजन ाबनेको छ । यहाँ दैनिक भक्तजन पुग्छन् । शनिवार, मंगलवार र बिशेष पर्वमा सयौंको भीड लाग्छ । उत्तरतर्फ दर्जन हिमऋखला देखिने भएकोले बिदेशी पर्यटक समेत पुग्छन् । पुर्वाधार बनिसक्दा यहाँका बासिन्दाले पर्यटक भित्राएर समृद्धिमा पुग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->