शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विकास र समृद्वि स्थानिय स्तरबाटै अगाडी बढ्छ: मन्त्री लम्साल

विकास र समृद्वि स्थानिय स्तरबाटै अगाडी बढ्छ: मन्त्री लम्साल

अर्गलमा भुस पोल्ने पर्वको रौनक


  • थम्मन थापा
  • कार्तिक २७ २०७६, बुधबार

अर्गल,२७ कात्तिक – गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानिय स्तरबाट अगाडी बढाईने बताए । मंगलवार अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक भुष पोल्ने मेलामा बोल्दै मन्त्री लम्सालले स्थानिय स्तरमा सम्भावनाको खोजी गरि उत्पादनलाई अब आर्थिक समृद्विमा जोडने गण्डकी प्रदेशले गृहकार्य गरिरहेको बताए । ताराखोला आफैमा पर्यटकीय, कृषि, कला र संस्कृतिको धनी क्षेत्र रहेकोले यसको संरक्षण सम्वर्दन गर्दै युवाहरुलाई कृषि र पर्यटनमा आकर्षित गरि यहाँको विकासमा गण्डकी प्रदेश सरकार सँधै हातेमालो गर्न तयार रहेको मन्त्री लम्सालको भनाई छ । सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा, बन्दिपुर गाउँपालिका तनहुँका अध्यक्ष पुर्ण सिंह थापा, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भोपाल पोखरेल र अर्गल खेलकुद विकास मञ्चका संस्थापक अध्यक्ष सुर्य बहादुर घर्तीले शुभकामना मन्तव्य राखेका थिए । खेलकुद, कला, संस्कृति परम्परा हाम्रो शान, भुष पोल्ने पर्व ताराखोलाको पहिचान भन्ने मुल नाराका साथ कात्तिक २३ गते देखि शुभारम्भ भएको मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, महिला रस्साकसी प्रतियोगिता, धनुष वाण प्रतियोगिता सञ्चालन भईरहेको अर्गल खेलकुद विकास मञ्चका सल्लाहकार तथा ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिए । जस अन्तर्गत कात्तिक २४ गते बिहान सुर्योदय सँगै भुष पोल्ने, २५ गते सुर्योअस्त सँगै गाउँले सँग भुष पोल्ने र आज २६ गते सुर्योअस्त सँगै अविवाहित युवा युवतीहरु र अर्गल संस्कृति संरक्षण सम्वर्दन समितिका कलाकारबाट सांस्कृतिक नाँच गर्दै बारीमा विधिवत पुजा अर्जना, दमाह बाजा सहित छापो खन्ने काम गरिएको छ ।

बारीमा युवाहरुले विउ छर्ने मेलो बनाउने र युवतीहरुले खनेर बारी सम्माउँदै खनजोत गर्ने परम्परागत कार्य सम्पन्न भएको छ । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु मेक्सम खाती क्षेत्री, रेशम निर्दोष, निरु श्रीस, तिर्सना घर्तीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो । ऐतिहाँसिक भुष पोल्ने मेला अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलका अध्यक्ष लोक बहादुर क्षेत्रीको अध्यक्षता उपाध्यक्ष फुलमाया पुनको स्वागत मन्तव्य र सचिव सुर्य बहादुर घर्ती र सहसचिव चन्द्र बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->