बागलुङ, ३० कात्तिक – संयुक्त बाम गठबन्धनको उमेदवार सहितको जनभेटघाट तथा घरदैलो अभियान अन्तरगत शनिवार जिल्लाको झिवाखोलामा चुनावीसभा समपन्न भएको छ । सभामा वोल्दै बागलुङ २ ख का उम्मेदवार खिमविक्रम शाहीले जनप्रतिनिधी भएर आफु जनताको सुखदुखको सहयात्री बन्न चाहेको वताए । सभामा प्रतिवद्धता मन्तब्य राख्दै शाहीले भने, हजुरहरुको मतलाई खेर जान दिनेछैन, निर्वाचित भएपछि पनि तपाईहरुकै साथमा रहनेछु र सुखदुखको साथी बन्नेछु । सहयात्री बन्नेछु । शाहीले आफुलाई भोट दिएर जिताऊन आग्रह गर्दै राष्ट्रिय स्वाभिमानको रक्षाको लागि आफुले सझौताहिन सघर्ष गर्ने दोहोराए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एबम प्रतिनिधिसभाका सदस्य देबेन्द्र पौडेलले प्रतिगमन बिरुद्ध लडेको कम्युनिष्टहरुले ब्यबस्था बदल्ने आन्दोलन गरेको स्मरण गर्दै आगामी दिनमा जनताको जनजिविका वदल्ने समृद्धिको आन्दोलनको पनि नेतृत्व गरिरहेको वताए । अबस्था बदल्ने आन्दोलन कम्युनिष्ट पार्टीले गर्ने भएकाले साझा बाम उमेदवार खिमबिक्रम शाहीलाई बिजय गराउन उनको अपिल थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले राष्ट्रियता, गणतन्त्रका साथै धर्मनिरपेक्षता र साम्राज्यवादी बिरोधी मोर्चामा साथ दिन र बर्तमान सरकारको राम्रा कामको पक्षमा बाताबरण सिर्जना गर्न पनि शाहीलाई जिताऊनै पर्ने अवस्था आएको वताए । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सदस्य सेरमान घर्तीले आफ्नो चुनाब चिन्ह पनि गिलास भएको वताउदै अवसरबादीहरुले फैलाएको गलत हल्लाका पछि नलाग्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश कमिटीका सदस्य प्रेम घर्ती मगर, जिल्ला सचिब ज्ञामनाथ गैरे अनिल, ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली, प्रदेशसभा सदस्य चन्द्र बहादुर बुढा सागर, नेकपा बागलुङ इन्चार्ज बलावती शर्मा, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष जुनबिक्रम शाही लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा निसीखोलाका सचिब मिलन हमालले र स्वागत नेकपा निसीखोला गाऊपालिका सचिब रुद्र पौडेलले गरेका थिए ।





