बागलुङ, १ मंसिर – जिल्लाको गल्कोट नरपालिकाको, हरिचौरमा दोश्रो गलकोट घुम्टे महोत्सवको तयारी तिब्र पारिएको छ । शनिवार पात्रकार सम्मेलन गरेर आयोजकले महोत्सवको तयारी तिब्र पारेको जानकारी गराएका हुन् । आगामी मंसिर ४ गते देखि ११ गतेसम्म हुने महोत्सवमा गलकोटको बिरासत झल्काउने आयोजकले तयारी गरेका छन् । घुम्टे पर्यटन बिकास समितिले महोत्सव मार्फत ऐतिहासिक, धार्मिक, सास्कृतिक र पुरातात्विक महत्वको उजागर गराउने लक्ष राखेको अध्यक्ष झंकबहादुर बस्नेतले बताए । घुम्टे जिल्लाको अग्लो धुरी हो । यो धुरी सम्म पुग्न दौड प्रतियोगिता राख्ने, महाभारतकालीन ईतिहाससँग जोडिएका बिषयमा सामाग्री प्रर्दशन गर्ने र गलकोटमा प्रचलित सास्कृतिक झाँकी महोत्सवको अवसर पारेर प्रर्दशनको तयारी गरिएको छ । महोत्सवमा पुरुष तथा महिला भलिबल र अन्य खेलपनि संचालन गरिनेछ । महोत्सवका लागि स्थल, प्रायोजक, र त्यहाँ प्रस्तुत हुने झाँकी तथा खेलकुद सबै कार्यक्रमहरुको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यो महोत्सव गल्कोटको पर्यटन प्रबर्धन र जिल्ला तथा प्रदेशको पर्यटन प्रबद्र्धनमा सहयोगी हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । ‘महोत्सवले नेपाल भ्रमण बर्ष सन २०२० लाई सहयोग गर्छ भने गण्डकी प्रदेशको भ्रमण बर्ष सन् २०१९ लाई पनि सहयोग गर्छ’ पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले भने ‘महोत्सव सबै क्षेत्रको बिकास र प्रबद्र्धनमा सहयोगी हुने छ ।’ गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुने महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्रसार आर्थिक संकलनलाई अगाडी बढाईएको छ । केन्द्रले गलकोटसँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासीसँगको अन्तरक्रिया तथा भेटघाटलाई अगाडी बढाएको छ । २०६३ सालमा पहिलो पटक गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो । दोस्रो गलकोट घुम्टे महोत्सव नजिकिदै गर्दा त्यसको व्यवस्थापन कसरी गर्ने महोत्सवमा स्थानीय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा अहिले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सबै वडामा आवश्यक गृहकार्य चलिरहेको छ । महोत्सवमा स्थानीय कला संस्कृति झल्कने आयोजकले जनाएको छ । ‘हाम्रा लोक संस्कृतिहरु लोप हुन छन्, महोत्सवमा कला र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेक प्रदर्शन गर्ने तयारी गरिरहेको छ।’ गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले भने । आयोजकका अनुसार गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रमा रहेका पुराना लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्ने छ ।





