बागलुङ,१ मंसिर- दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ को तैयारी तीव्र बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै घुम्टेमा पूजा अर्चना गर्न पाउने सुविधा महोत्सवको आकर्षण बनेको छ । हेलिकप्टर सयरकोलागि टिकट बुकिङ खुल्ला गरि सकेको हेलिकप्टर व्यवस्थापन समिति संयोजक विराज सुवेदीले जानकारी दिए । महोत्सवलाई थप आकर्षण बनाउन र हेलिकप्टर मार्फत गलकोट देखि पर्यटकीय नगरी ढोरपाटन सम्मको दृश्य अवलोकन गर्न यसलाई मुख्य आकर्षणको रुपमा राखिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले जानकारी दिए । महोत्सवमा आउने दर्शकहरुलागि विभिन्न प्याकेजहरु तयार गरिएको महोत्सव हेलिकप्टर व्यवस्थापन समिति संयोजक सुवेदीले जानकारी दिए ।
न्युनतम शुल्कमा हेलिकप्टर मार्फत गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगै ढोरपाटन शिकार आरक्षणको समेत दृश्य अवलोकन गर्न सकिने संयोजक सुवेदीले बताए। झण्डै १३ वर्षपछि बागलुङको गलकोटमा सञ्चालन हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा हेलिकप्टर मार्फत दृश्य अवलोकन निकै मनोरम र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।





