शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सप्ताहव्यापी कर दिवस मनाउन सुरु

सप्ताहव्यापी कर दिवस मनाउन सुरु


  • Dhorpatan News
  • मंसिर २ २०७६, सोमबार

बागलुङ, २ मंसिर – आन्तरीक राजश्व कार्यालय बागलुङले आईतबारदेखि सप्ताहव्यापी रुपमा आठौं राष्ट्रिय कर दिवश मनाउन सुरु गरेको छ । प्रशिक्षण, अन्तरक्रिया, बृक्षारोपण र सरसफाई लगायतका कार्यक्रम गर्दै कर सप्ताह मनाउन लागिएको कार्यालय प्रमुख हेमराज सुवेदीले जानकारी दिए । कार्यालयले एक साताभरि बागलुङको कुश्मीशेरा, म्याग्दीको पोखरेबगर बजार, मुस्ताङको जोमसोम र पर्वतको जलजला गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यालयले आईतबार बागलुङ बजारमा कर सप्ताहको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलाशका मुख्य न्यायधिश मोहन बहादुर कार्कीले कर देश विकासको मेरुदण्ड भएकाले सबैले कर तिर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय देशका तीन तहले फरक फरक हिसाबले कर उठाईरहेको गुनासो आईरहेको भन्दै कार्कीले कानुनले तोकेको भन्दा बाहिर गएर कसैले पनि कर उठाउन नपाउने बताए । ‘करको बिषयमा संबिधानले स्पष्ट व्यवस्था गरेको छ’ कार्कीले भने ‘कानुन नभई कर उठाउन मिल्दैन् ।’ उच्च अदालत बागलुङ इजलाशमा पछिल्लो समय करको बिषयमा केही रिटहरु परिरहेको भन्दै कार्कीले कानुन विपरितका कृयाकलाप बिकासका बाधक हुने बताए । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कर तिर्नु नागरिकको दायित्व भएको भन्दै करको सदुपायोग भए नभएको बिषयमा जानकारी राख्न पनि नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठले सरकार र निजी क्षेत्रको सहकार्यमा कर प्रणालिलाई सुधार गर्नुपर्ने बताए । कार्यक्रममा सहभागि व्यवसायीहरुले थरि–थरिका करका कारण व्यवसायनै संकटमा परेको भन्दै एकद्वार प्रणलिबाट कर तिर्ने व्यवस्था मिलाउनु पर्ने बताएका थिए । ‘एकद्वार प्रणालीमा कर तोकिदिनुहोस तिरिरहेको भन्दा धेरै पनि तिर्न तयार छौं’ उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले भने ‘अनेकथरिका झण्झटले व्यवसायीलाई समस्या बनायो ।’
कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, म्याग्दीका अध्यक्ष उत्तम कर्मचार्य लगायतले बोलेका थिए । आन्तरिक राजश्व कार्यालयले बागलुङले गत आर्थिक बर्षमा लक्षभन्दा बढी राजश्व संकलन गरेको जानकारी गराएको थियो । ५१ करोड ५० लाखको लक्ष रहेको ६८ करोड १८ लाख संकलन गरेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->