शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो गलकोट घुम्टे महोत्सव : मैत्रिपुर्ण दौड प्रतियोगिताको उपाधि कार्कीलाई

दोस्रो गलकोट घुम्टे महोत्सव : मैत्रिपुर्ण दौड प्रतियोगिताको उपाधि कार्कीलाई


  • ढोरपाटन संबाददाता
  • मंसिर ५ २०७६, बिहिबार

गलकोट,५ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ को दोश्रो दिन बिहिबार गलकोट नगरपालिका र ताराखोला गँउपालिकाको केन्द्र सम्मको मैत्रिपुर्ण दौड प्रतियोगिता सम्पन्न भएको छ ।गलकोट क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरि पर्यटन प्रबर्धन गर्ने लक्ष्यका साथ सुरु भएको दोश्रो गलकोट घुम्टे महोत्सबको दोश्रो दिन पब्लीक स्कुल मैत्रिपुर्ण दौड प्रतियोगिता सम्पन्न् भएको हो । १४ जना को सहभागिता रहेको मैत्रिपुणै दौड गलकोट नगरपालिकाको कार्यालय गलकोट नगरपािलका वडा नम्बर ६ बाट सुर भई ताराखोला गाँउपालिका वडा नम्बर २ अर्गलको भातखाने डाँडा सम्म सञ्चालन भएको थियो ।

प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ३ मिनेटमा पुरा गरि काठेखाला गाउपालिका वडा नम्बर ३ रेशका नरबहादुर कार्की प्रथम भए । १ घण्टा ८ मिनेटमा उक्त दुरी पूरा गरी गलकोट नगरपािलका ६ ठुलाथरका बिशाल बिक दित्तिय र १ घण्टा ११ मिनेटमा पुग्नुभएका गलकोट नगरपालिका ३ का गुञ्ज बहादुर नेपालि तृतिय भएको सचिबालय सममिति सदस्य हर्कबहादुर पाण्डेले जनकारी दिए । १४ जना सहभागि मध्ये प्रतियोगिताको नियम अनुसार ९ जना खेलमा सहभागि भएको पाण्डेले बताए ।
दौड प्रतियोगिताको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले रिबन काटेर उद्घाटन गरेका थिए ।उनिहरुलाई ताराखोला गाउापािलका अध्यक्ष प्रकाश घर्तिले गाउपालिका केन्द्र भातखानेडांडामा धावकलाई स्वागत गरेका थिए । दोश्रो दिनको कार्यक्रममा गलकोट नगरपालिका ६ ठूलाथरको ठाडो भाका र गलकोट नगरपालिका ११ रिघाको सती घाटू प्रस्तुत गरिएको थियो । कार्यक्रममा जनाबादी गायक जीवन शर्मा तथा कलाकार बैकुण्ठ महत ,रिना केसी ,कृष्ण केसीले प्रस्तुति दिएका थिए । महोत्सवको तेस्रो दिन धुर्मुस सुन्तलीको बिशेष प्रस्तुति संगै बिबिध खेलकूद तथा सास्कृतिक कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि निसिखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेलले लामो समय सम्मको कला सस्कृतिको संरक्षणकोलागी मेला महोत्सवको महत्वपूर्ण योगदान हुने भएकोले तेस्ता सस्कृतिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । देशको समृद्दीको लागि तिनै तहको सरकार र अन्तरपालिकाविच सहकार्य अपरिहार्य रहेको उनको भनाई थियो । कार्यक्रममा गलकोट मूर्तिकला कार्याशाका संयोजक क्या.पूर्ण बहादुर राना लगाएतले बोलेका थिए ।
कार्यक्रम गलकोट घुम्टे विकास केन्द्रका अध्यक्ष झकबहादुर बस्नेतको अध्यक्षतामा संपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->