शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बजारको हार्डवयर पसलमा आगालागी

बागलुङ बजारको हार्डवयर पसलमा आगालागी


  • Dhorpatan News
  • मंसिर ६ २०७६, शुक्रबार

बागलुङ, ६ मंसिर– जिल्ला सदरमुकाम बागलुङ बजारमा बिहिबार राती भिषण आगलागी भएको छ । बजार लालीगुराँश चोक देखी बालमन्दिर जाने बाटो महेन्द्र पथ स्थित मेघा हार्डवेयर पसलमा आगलागी भएको हो । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलका भाई शलिक पौडेलको हार्डवेयर पसलमा राति १० बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर आगो निभएको प्रहरी नायब उपरीक्षक झबिन्द्र भट्टराईले बताए ।
दमकल (अन्गिसमन यन्त्र) ले आगो नियन्त्रण गरीएको थियो । स्थानीय बजारवासीहरु आगलागी नियन्त्रणमा सक्रिय भएका थिए । नेपाली सेनाको समुहलाई समेत अग्नी नियन्त्रणको लागि खवर गरीएको थियो । रातीनै प्रहरी सेना र दमकलको सहायताले आगो नियन्त्रणमा आएकाले ठुलो क्षेती हुनबाट जागिएको प्रहरीले जनाएको छ । क्षतीको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->