शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा हातहतियार लिएर हिँड्न निषेध !

बागलुङमा हातहतियार लिएर हिँड्न निषेध !


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७६, शनिबार

बागलुङ, ७ मंसिर – जिल्ला प्रशासन कार्यालय बागलुङले उपनिर्वाचन अवधिभर हातहतियार लिएर र मदिरा सेवन गरेर नहिड्न नागरिकलाई सचेत गराएको छ । मंसिर १४ गते बागलुङ क्षेत्र नं २ ख को प्रदेशसभा सदस्य र स्थानीय तहमा बडीगाड गाउपालिका २ को वडा अध्यक्ष पदको निर्वाचन हुने भएकोले मंसिर १२ गते देखी निर्वाचन अवधिभर उक्त निर्वाचन क्षेत्र वरपार मदिरा सेवन नगर्न, उपनिर्वाचन अवधिभर हातहतियार लिएर हिँड्न निषेध गरेको छ । त्यसैगरी उपनिर्वाचन अवधिभर हातहतियार बुझाउन समेत सम्वन्धी सवैलाई आग्रह गरेको छ । यसका लागि प्रशासनले तीन ओटा सूचना जारी गरेको छ । शान्ति सुरक्षालाई ध्यान दिएर यी सूचना जारी गरिएको र अवज्ञा गर्नेलाई कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->