बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न सकेन’

‘कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न सकेन’


  • Dhorpatan News
  • मंसिर ७ २०७६, शनिबार

बागलुङ, ७ मंसिर – नेपाली काग्रेस बडिगाड गाउँपालिका वडा नम्बर २ को चुनावी सभा तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिस्ट सरकारले सिमा विवाद समाधान गर्न नसकेको आरोप लगाए । उपनिर्वाचन सरकारको परीक्षा भएको भन्दै चुनावमा एकताबद्ध भएर लाग्न र विजयी हासिल गर्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, मणिभद्र कँडेल, गुल्मी जिल्ला सचिव विष्णु सापकोटा, जिल्ला सदस्य गण्डकी अधिकारी, जिल्ला सदस्य फम खत्री, गटकोट नगर प्रमुख भरत गैरे, राष्ट्रिय दलित आयोगका कार्यवाहक अध्यक्ष मञ्जीत ताम्राकार, गौमुखी गाउँपालिका प्यूठानका प्रमुख एवं जिल्ला सचिव विष्णु कुमार गिरी, राष्ट्रिय सभा सदस्य धना खतिवडा लगाएतले सरकारको चर्को आलोचना गर्दै, चुनाव जिताउन कार्यकतालाई आग्रह गरे । सोहि कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी डिल बहाुदर रानाले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम दगा गाउँकार्यसमितिका सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षता, बडिगाडका उपसंयोजक कृष्ण गुरुङको स्वागत मन्तव्य तथा सचिव होमनाथ खरालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->