शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोट घुम्टे महोत्सव : दर्शकको भिड, घुम्टे दौडमा नेपाली बिजेता

गलकोट घुम्टे महोत्सव : दर्शकको भिड, घुम्टे दौडमा नेपाली बिजेता


  • ढोरपाटन संबाददाता
  • मंसिर ८ २०७६, आइतबार

गलकोट,८ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सवमा  दर्शकको उपस्थितिले महोत्सवको माहोल तातेको छ । प्रभु दोश्रो गलकोट घुम्टे महोत्सब २०७६ को अबसरमा सुरुका दिनमा दर्शकको उपस्थीति कमजोर बनेपनि तेश्रो दिन हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको प्रस्तुतिले दर्शकको ध्यान महोत्सब केन्द्रीत गरेको थियो ।चौथो दिन चर्चित लोक तथा दोहोरी गायिका फुल कुमारी केसि, आधुनिक गायन क्षेत्रका नक्षत्र रामकृष्ण ढकाल, चर्चित मोडल तथा युवा पु्स्ताका चर्चित गाएक दुर्गेश थापाको प्रस्तुति अबलोकनको लागी दर्शकको घुईचो बढेको आयोजकले जनाएको छ  ।

घुम्टे दौडमा नेपाली बिजयी

गलकोट घुम्टे महोत्सबको स्थल देखी घुम्टे धुरी सम्म करिब ५ किलोमिटर सम्मको दौडमा गलकोट नगरपालिका वडा नम्वर ३ लमाइका गुञ्ज बहादुर नेपालिले १ घण्टा ५२ मिनेटमा पार गदैं बिजयी भए । त्यस्तै १ घण्टा ५६ मिनेटमा उत्त दुरी पार गदैं बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका प्रज्वल खत्री दित्तिय भएका छन । प्रतियोगितामा १ घण्टा ५९ मिनेटमा उत्त दुरी पार गदैं गलकोट नगरपालिका वडा नम्बर ८ काडेंबासका सुमन बुढाथोकी तृतीय भएको  प्रतियोगिताका सयोजक सुर्य बहादुर थापाले जानकारी दिए  । दौंडमा १६ जना सहभागि भएका थिए  ।

दोस्रो गलकोट घुम्टे महोत्सवको चौथो दिन  शनिवार स्वर्गिय धिरन गौचन स्मृति ताराखेल प्रतियोगिताको उद्घाटन गरीएको छ । प्रतियोगितामा रिभर साइड आचेरी क्लव म्याग्दी(वेनि), त्रिशुलि युवा क्लव (घुस्मेलि), थकालि सेवा समिति वागलुङ क्षेत्र, लेखानि आर्चरी क्लव कुश्मा पर्वत, ताराखोला गाउँपालिका आर्चरी, अर्गल खेलकुद विकास मञ्च तारा गाउँपालिका वडा नम्वर ३ अर्गल, होलि पूर्णिमा युवा क्लव ताराखोला गाउँपालिका वडा नम्वर ५(ए), होलि पूर्णिमा युवा क्लव ताराखोला गाउँपालिका वडा नम्वर ५(वि), रुस्दि युवा क्लव र आयोजक टिम गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । आइतवार यो खेल सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सबमा बिभिन्न सास्कृतिक झाँकी, कलाकारको प्रस्तुति रमाईलो बाल मेला संचालन भैरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->