शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी प्रदेशका कानुन मन्त्री चुमानले गरे पोखरा रंगशालाको निरिक्षण

गण्डकी प्रदेशका कानुन मन्त्री चुमानले गरे पोखरा रंगशालाको निरिक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७६, मंगलबार

पोखरा, १० मंसिर – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) हुने पोखरा रंगशालाको मंगलवार निरिक्षण गरेका छन। निरिक्षण पछि मन्त्री चुमानले साग लक्षित सुरक्षा व्यवस्थालाई चुस्तबनाउ प्रदेश सरकार लागेको बताए ।
साग अन्तरगत पोखरामा ८ खेल हुदैँ छ । निमार्णधिन पोखरा रंगशालाको निरिक्षण गर्दै गण्डकी प्रदेशका कानुन मन्त्री चुमानले सुरक्षा व्यवस्था कस्तो हुदैँ छ भन्दै आफु क्षेत्रगत निरिक्षणमा आएको बताए । “हामिले आन्तरिक छलफलमा त सुरक्षाको निति बनाएका छौँ तर क्षेत्रगत निरिक्षणले सुरक्षा व्यवस्था कसरी गर्ने भन्ने कुराको राम्रो जानकारी प्राप्त हुन्छ, सुरक्षा व्यवस्था थप चुस्त पार्ने छौँ” कानुन मन्त्री चुमानले भने ।
सागको बेला सुरक्षको क्षेत्रमा कुनैपनि कमिकमजोरी हुन नदिने विश्वास समेत व्यक्त गरे । रंगशाला निमार्णको काम ढिलो शुरुभएपनि तिव्र गतिमा अघि बढेको उनले बताए । “हामिले बेलामै सम्पन्न गर्न सकेको भए केहि कुरा पनि छुट्ने थिएन, आज कामको तिव्रता देखेर खेल १५ गते अघि नै सबै सम्पन्न हुने विश्वास छ” उनले भने ।
पोखरामा अन्तराष्ट्रिय प्रतियोगिता पहिलो पटक हुन लागेको बताउदैँ उनले पोखराको मुख्य बजार तथा पर्यटकीय क्षेत्रलाई समेत रंगाउन आवश्यक रहेको धारणा राखे । गण्डिकी प्रदेशले साग तथा कास्की २ उप निर्वाचनको लागि सुरक्षा समन्वय समितिले सुरक्षा रणनिती बनाएको उनले बताए । पोखराको रंगशालालाई मात्र सजावट नगरि पोखरालाई नै सजाए सागलाई थप आकर्षित गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->