आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वास्थ्यलाभको कामना गर्नेलाई प्रधानमन्त्रीले दिए धन्यवाद

स्वास्थ्यलाभको कामना गर्नेलाई प्रधानमन्त्रीले दिए धन्यवाद

प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ्यमा उल्लेखनिय सुधारको क्रम जारी रहेको अस्पतालले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७६, बिहिबार

काठमाडौं, १२ मंसिर – अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य लाभ गर्नेहरूलाई धन्यवाद दिएका छन्। स्वास्थ्य लाभ गर्नेहरूलाई प्रधानमन्त्री ओलीको निजी ट्वीटर ह्यान्डलबाट धन्यवाद दिइएको छ। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन्।
प्रधानमन्त्रीले राप्रपाका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लगायतलाई स्वास्थ्य लाभ गरेकोमा धन्यवाद भनेका छन्। पार्टीका नेता, कार्यकर्तालगायत पत्रकारहरूलाई समेत स्वास्थ्य लाभ गरेकामा आफ्नो ट्वीटरबाट धन्यवाद भनेका छन्। मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो। दुई दिनपछि प्रधानमन्त्री ओली हिँड्न सक्ने भएका हुन्। प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई बिहीबार जाउलो खुवाइनेछ।यसअघि बुधबार उनलाई कालो चिया र जुस खुवाइएको थियो। ‘उहाँ मुभ गर्न थाल्नुभएको छ। अब खाना पनि बढाउँदै लैजान्छौं,’ ती चिकित्सकले भने।
यसैविच अस्पतालले विहिवार विहान १० बजे स्वास्थ्य वुलेटीन प्रकाशित गरी प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ्यमा उल्लेखनिय सुधारको क्रम जारी रहेको जनाएको छ ।
प्रधानमन्त्रीलाई बिहीबार पत्नी राधिका शाक्य र परिवारका सदस्यहरूमात्र भेट्ने छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका  नेता तथा प्रधानमन्त्रीका शुभेच्छुक बुधबार पनि अस्पताल पुगेका थिए। तर उनीहरूलाई प्रधानमन्त्रीसँग भेट गराइएको थिएन।यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ। एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराएका छन्। ‘उहाँलाई कम्तीमा एक साता अस्पताल बस्न चिकित्सकले सुझाव दिएका छन्।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->