बागलुङ, १५ मंसिर– बागलुङमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ः४० बजेबा मतगणा सुरु भएको हो । क्षेत्र नं २ (ख) प्रदेशसभाका लागि शनिवार भएको मतदानका मत पेटिका जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर मत गणना थालिएको हो । प्रदेशसभा (ख) मा पर्ने ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’ र ‘ख’ दुवैको एकै ठाउँमा राखेर अहिले गणना भैरहेको छ । आईतवार बिहान ८ बजेदेखि मतगणना प्रारम्भ गर्ने भनिएको भए पनि सर्वदलिय बैठक बस्न ढिलाई र त्यसपछिका तयारीका कारण समय लम्बिएको थियो । प्रारम्भीक मत परिणाम आउन ४० देखि ५० मिने लाग्ने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए । सय ५६ जना मतदाता रहेको उत्तरगंगा क मा ५ सय ५३ मत खसेको छ भने ७ सय ७ जना मतदाता रहेको उत्तर गंगा ख मा ४ सय ५५ मत खसेको छ । उक्त क्षेत्रका ४३ वटा मतदान केन्द्रमा २१ हजार ४ सय मत खसेको छ । नेकपा र राजमो सझा बामगठबन्धनका खिम बिक्रम शाही, नेपाली कांग्रेसका जीत शेरचन र अरु ६ दल तथा २ जना स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा छन् ।





