शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बागलुङमा बामका खिमबिक्रम शाही बिजयी

बागलुङमा बामका खिमबिक्रम शाही बिजयी


  • Dhorpatan News
  • मंसिर १५ २०७६, आइतबार

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही निर्वाचित भएका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे ।
शाहीले ११, २३५ मत ल्याउँदा शेरचनले ९, १३८ मत मात्रै ल्याए । बागलुङ क्षेत्र नं २ (ख) बाट २ जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका अशोक कुमार बिकले ३१६ मत प्राप्तगरे ।
त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् । २०७४ सालमा भएको आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य भएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खालि भएको बागलुङ क्षेत्र नं. २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ ।
३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । जस मध्ये २०९७१ सदर र ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन बिजयी भएको थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->