आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

चार बलात्कारीलाई प्रहरीको इन्काउन्टर

चार बलात्कारीलाई प्रहरीको इन्काउन्टर


  • Dhorpatan News
  • मंसिर २० २०७६, शुक्रबार

काठमाडौं, २० मंसिर – अनुसन्धानको क्रममा हिरासतमा रहेका चार जना बलात्कार आरोपीलाई भारतको हैदरावाद प्रहरीले घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ ।२७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएका थिए । घटनास्थलमा अपराधको सिन तयार पार्नका लागि प्रहरीले बलात्कार अभियोग लागेका चारै जनालाई शुक्रबार विहान लगेको थियो । तर आरोपी भाग्न खोजेपछि प्रहरीले गोली ठोकेको थियो । चारै जनाको मृत्यु भएको छ । घटनामा दुई प्रहरी घाइते भएको भारतीय मिडियाले जनाएका छन् ।बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भएको थियो । प्रहरीको इन्काउन्टरको स्वागत गरिएको छ ।घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसेका बेला ट्रक ड्राइभर र क्लिनर रहेका आरोपीहरुले सामूहिक बलात्कार गरी शरीर जलाइदिएका थिए ।इन्काउन्टरपछि डाक्टरका बुवाले ‘छोरीको आत्माले शान्ति पाएको’ प्रतिक्रिया दिएका छन् । दिल्लीमा भएको निर्भया बलात्कारका आरोपीहरुलाई फाँसी नदिइएकोमा आक्रोशित जमातले छोरीमाथि दुष्कर्म गर्नेहरूलाई मृत्युदण्डको माग गर्दै आइरहेका छन् । एजेन्सीको सहयोगमा

तस्वीर : इन्काउन्टरमा मारिएका चार अभियुक्तहरु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->