बागलुङ, २२ मंसिर – जिल्लाको निसीखोलामा चरेश सहित दुई जना मामा भाञ्जी पक्राउ परेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ६ निसी सिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीय २५ वर्षीय रामबहादुर साउथोकी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरी निरीक्षक तथा प्रहरी प्रमुख सुरज खड्काकाअनुसार उनीहरु बिच खरीद बिक्रि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरी चौकीको संयूक्त टोलीले दुवै जनालाई भागिमलाको घरबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार बिहान जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।





