बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गाेरखा जाँदै गरेकाे यात्रुबाहक बस पाउँदीमा दुर्घटना, एककाे मृत्यु

गाेरखा जाँदै गरेकाे यात्रुबाहक बस पाउँदीमा दुर्घटना, एककाे मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७६, आइतबार

लमजुङ, २२ मंसिर – बेसीशहरबाट यात्रु लिएर गाेरखा जाँदै गरेकाे यात्रुबहाक बस आईतवार विहान सुन्दरबजार नगरपालिकाकाे वडा नं. ७ पाउँदी बजारमा दुर्घटना भएकाे छ । बेसीशहरबाट बिहान ६ बजे यात्रु लिएर गएकाे ग. १ ज. ५६१९ नम्बरकाे बस बिहान करीब ७.१५ बजे पाउँदी बजारकाे गेट नजिकै सडकबाट करीब २ सय मिटर तल पाउँदी खाेलामा खसेर दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएकाे र ७ जना घाइते भएकाे स्थानीयले बताएका छन् । घाइतेहरूमध्ये केहीलाइ उपचारका लागि चितवन लगिएकाे छ । केहीकाे स्थानीय कर्मदा अस्पतालमा उपचार भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालयले लमजुङले दुर्घटनाकाे पुष्टि गरेकाे छ । तर विवरण आई नसकेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार उक्त बसमा करिव १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सार घर भएका कृष्णबहादुर आले भने गाडि छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->