आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रत्नलक्ष्मीको हिरक महोत्सवकोको तयारी अन्तिम चरणमा, १ करोड ५१ लाख आर्थिक संकलन

रत्नलक्ष्मीको हिरक महोत्सवकोको तयारी अन्तिम चरणमा, १ करोड ५१ लाख आर्थिक संकलन

कार्यक्रमको उद्घाटन आर्थिक मामिला मन्त्रि गुरुङले गर्ने


  • ढोरपाटन संबाददाता
  • मंसिर २३ २०७६, सोमबार

बागलुङ,२३ मंसिर – रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाले हिरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव सम्पन्न गर्न तथा विद्यालयको शैक्षिक स्तरवृद्धिको लागि हाल सम्म सञ्चालित आर्थिक अभियानवाट १ करोड ५१ लाख वोल रकम प्राप्त भएको आर्थिक समितिका संयोजक धन बहादुर श्रीसले जानकारी दिए। मंसिर २५ गते देखि २९ गते सम्म सञ्चालन गर्ने हिरक महोत्सवको लागि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ। महोत्सवको अवसरमा खुल्ला फुटवल प्रतियोगिता सहित विद्यालय स्तरीय छात्र, छात्रा भलिवल, म्याराथुन दौड लगाएत विविध वौद्धिक कार्यक्रमहरुको आयोजना गरिएको छ। महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रि किरण गुरुङले गर्ने कार्यक्रम रहेको छ। महोत्सव अवधिमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु देवि घर्ति, जुना श्रीस, कुलेन्द्र विश्वकर्मा, प्रकाश सपुत लगाएतको सहभागिता रहने विद्यालयले जनाएको छ। ऐतिहासिक रुपमा सम्पन्न गर्न लागेको सो कार्यक्रममा पूर्व प्र.अ., शिक्षक, विद्यार्थी, सहयोग दाता, विभिन्न समितिका पूर्व पदाधिकारी लगाएतलाई सम्मान गर्ने गरि कार्यक्रम तय गरिएको प्रचार संयोजक नारायण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->