शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१३औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

१३औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो।


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७६, सोमबार

काठमाडौं, २३ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो। मालिल्दभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो।
नेपालको जितका लागि आरिफ शेखले सर्वाधिक ३२ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, बिनोद भण्डारीले १२ रन, रोहितकुमार पौडेल १५ रन, पवन सरार्फले १० रन, पारस खड्काले ३ रन र दिपेन्द्रसिंह ऐरीले २ रन बनाए। खेलमा रोहितकुमार पौडेल र पवन सरार्फ नट आउट रहे।खेलमा उमर एडमले नेपालको ३ विकेट लिए। पहिले ब्याटिङ गरेको माल्दिभ्सले नेपालका बलरसामु संघर्ष गर्दै सम्मानजनक स्कोर बनाएका थिए। माल्दिभ्सका लागि १० औं नम्बरमा क्रिजमा आएका लीम शाफेजले सर्वाधिक १९ रन बनाए। उनले ११ बलमा २ चौका र १ छक्का पहरी गरी नट आउट रहे। मोहमद रिशवानले १७, कप्तान मोहमद महफुजले १६ रन जोडे।
नेपालको तुलनामा निकै कमजोर मानिएको माल्दिभ्सले राम्रो सुरुवात गरेको थियो। ४.३ ओभरमा २२ रन बनाउँदा पहिलो विेकट गुमाएको थियो। त्यसपछि थप १४ रन जोड्दा ६ विकेट गुमाई ओभरमा ८.२ ओरमा ३६-६ को अवस्थामा पुगेको थियो। पछिल्ला क्रममा ब्याट्सम्यानले सम्मालिएर खेल्दा सम्मानजनक स्कोर बनाउन सकेको हो।  नेपालका लागि ललितनारायाण राजवंशीले ३, शुसन भारीले २ र पारस खड्काले १ विकेट लिए।
अबको केहि समयपछि स्वर्णको लागी श्रीलंका यू-२३ र बंगलादेश यू-२३ प्रतिस्पर्धा गर्दैछन्। समूह चरणका चार खेलमा नेपालले दुई जित निकाल्दा दुईमा हार व्यहोरेको थियो।  पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानमाथि १४१ रनको जित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो। चौथो खेलमा नेपाल बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको थियो। साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका-२३, बंगलादेश-२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी थिए। क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएनन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->