शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालले जित्यो ४९ स्वर्ण पदक, यी हुन जित्ने खेलाडी

नेपालले जित्यो ४९ स्वर्ण पदक, यी हुन जित्ने खेलाडी


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७६, सोमबार

बागलुङ, २३ मंसिर – आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पुर्‍याएको छ। सोमबार नवौँ दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पुर्‍याएको हो।
सोमबार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थप्यो। आइतवारसम्म ४५ स्वर्ण पक्का गरेको नेपालले सोमबार चारवटा स्वर्ण थपेको छ।  नेपालले अहिलेसम्म ४९ स्वर्ण, ४८ रजत र ७८ कास्य पदक जित्‍न सफल भएको छ।
पहिलो स्थानमा रहेको भारतले १३८ स्वर्ण, ८३ रजत र ४३ कास्य पदक जितेको छ। सोमबार नेपालका लागि बक्सिङको ५४ केजी तौल समूहमा मिनु गुरुङले स्वर्ण पदक जितिन्। बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण जितेको हो। त्यसैगरी बक्सिङबाटै ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जित्‍न सफल भए।
सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए। त्यसयता नेपाल स्वर्णविहीन रहँदै आएको थियो। त्यसैगरी जुडोबाट पनि नेपालले अर्को स्वर्ण पदक जित्यो। नेपालका लागि जुडोको ७८ केजी समूहमा पुनम श्रेष्ठले बंगलादेशकी फरिना खानोमलाई हराउँदै स्वर्ण पक्का गरिन्।
यसअघि नेपालका लागि जुडोबाट देविका खड्काले स्वर्ण जितेकी थिइन्।  यो सागमा चम्किएकी गौरिका सिंहले पौडीबाट चौथो स्वर्ण पदक जितिन्। उनले सोमबार एक सय मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितिन्। गौरिकाले योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन्।
यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन्।  चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन्। उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन्। उनले चार स्वर्ण, र दुई रजत जित्न सफल भएकी छन्।
नेपालले मंगलबार अपरान्ह फुटबलतर्फको स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा ४-० ले हराएकाले डिफेन्डिङ च्याम्पियन नेपाल भुटानलाई हराएर स्वर्ण घरैमा राख्ने दाऊमा छ।
१३ औं सागमा नेपालका स्वर्ण :
१. कराँते (एकल काता)-मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, पुरुष)-मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराँते (टिम काता, महिला)-निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराँते (५५ केजी)-लक्ष्मण तामाङ
५. कराँते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ
६. कराँते (४५ केजीमुनि)-कुसुम खड्का
७. कराँते (५० केजीमुनि)-अनु अधिकारी
८. कराँते (६७ केजी)-नवीन रसाइली
९. कराँते (६८ केजी)-सुनिता महर्जन
१०.  कराँते (६८ केजी)-अनुपमा मगर
११. तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष )-कमल श्रेष्ठ
१२. तेक्‍वान्दो पुम्से ( १७-२३ वर्ष )-सिना मादेन लिम्बु
१३. तेक्‍वान्दो पुम्से (२३ -२९ वर्ष )-पार्वती गुरुङ
१४. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य
१५. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६. पुम्से महिला टिम (१७-२३ वर्ष)-निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. पुम्से महिला टिम (२३-२९ वर्ष)-निता गुरुङ, प्रसंशा क्षेत्री र शुसिला राई
१८.  तेक्‍वान्दो (४६ केजीमुनि)-काजल श्रेष्ठ
१९.  तेक्‍वान्दो (६८ केजीमुनि)-वीरबहादुर महरा
२०. ट्रायथलन-सोनी गुरुङ
२१. डुवाथोलन-हिमाल टमाटा
२२.  उसु (थाउलो)-विजय सिन्जाली
२३.  उसु (थाउलो)-सुस्मिता तामाङ
२४.  उसु (थाउलो)-दीपक हमाल
२५. एथलेटिक्स (१० हजार मिटर)-सन्तोषी श्रेष्ठ
२६.  साइक्लिङ (डाउनहिल)-राजेश मगर
२७.  साइक्लिङ (डाउनहिल)-निश्मा श्रेष्ठ
२८.  तेक्‍वान्दो (६२ केजीमुनि)-संगीता बस्याल
२९.  तेक्‍वान्दो (८७ केजी )-सक्षम कार्की
३०.  उसु (थाउलो(नान्दौ)-निमा घर्तीमगर
३१.  साइक्लिङ (क्रस कन्ट्री)-लक्ष्मी श्रेष्ठ
३२.  साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ
३३.  पौडी (२०० मिटर फ्रीस्टाइल)-गौरिका सिंह
३४.  तेक्‍वान्दो (८७ केजी)-भूपेन श्रेष्ठ
३५.  भारोत्तोलन (५९ केजी)-सन्जु चौधरी
३६. उसु (५६ केजी)-जुनी राई
३७.  एथलेटिक्स (५ हजार मिटर दौड)-गोपीचन्द्र पार्की
३८.  गल्फ-सुवास तामाङ
३९.  गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४०.  भारोत्तलन-विकास थापा
४१.  पौडी (२ सय मिटर ब्याकस्ट्रोक)-गौरिका सिंह
४२.  म्याराथन-किरणसिंह बोगटी
४३.  कुस्ती (५५ केजी)-संगीता धामी
४४.  पौडी (४ सय मिटर फ्रीस्टाइल)-गौरिका सिंह
४५.  जुडो (५२ केजीमुनि)-देविका खड्का
४६.  बक्सिङ (५४ केजी)-मिनु गुरुङ
४७.  बक्सिङ (६४ केजी)-भूपेन्द्र थापा
४८.  जुडो (७८ केजी)-पुनम श्रेष्ठ
४९.  पौडी १०० मिटर फ्रीस्टाइल-गौरिका सिंह

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->