शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सागको समापनमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

सागको समापनमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागि देशका सरकारहरु, खेल क्षेत्र, खेलाडीहरु र प्रशिक्षकहरु सबैलाई म धन्यवाद भन्न चाहन्छु।


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७६, मंगलबार
k|wfgdGqL s]kL zdf{ cf]nL sf7df8f}F !) sflQs -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ch/a}hfgsf] afs'df ;DkGg c;+nUg cfGbf]ngsf] !* cf}F lzv/ ;Dd]ngdf ;xefuL eO{ cfOtaf/ :jb]z kmls{Pkl5 lqe'jg cGt//fli6«o ljdfg:yndf ;~rf/sdL{nfO{ e|d0faf/] hfgsf/L lbFb} . t:jL/ M rGb|snf If]qL

काठमाडौं, २४ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। प्रधानमन्त्रीले दशरथ रंगशालामा भएको समापन समारोहमा भिडियो सन्देश पठाएका हुन्।
साग समापन समारोहमा प्रधानमन्त्रीको सन्देश
दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ। यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुसी व्यक्त गर्न चाहन्छु- भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरुको संलग्नता रहेको छ। पदकहरु पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै राखिएका छन्। समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ।
यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिबृद्धि गर्ने कुराको अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ। यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु। र, धन्यवाद भन्न चाहन्छु।
काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागि देशका सरकारहरु, खेल क्षेत्र, खेलाडीहरु र प्रशिक्षकहरु सबैलाई म धन्यवाद भन्न चाहन्छु।
अत्यन्तै भव्य रुपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमणवर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउने छ भन्ने मैले विश्वास लिएको छु। यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु।
आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरुले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरुलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरुलाई बधाई भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->