मनाङ, २६ मंसिर – अहिले देशभरी मौसम चिसो छ । उच्च हिमाली भेगमा त हिउँ नै परेको छ । वुधवार रातीदेखि परेकोले हिउँले मनाङका माथिल्लो भेगका मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभुमी गाउँपालिका क्षेत्र सेताम्मे भएका छन् । ती गाउँपालिका क्षेत्रमा यतिवेला पनि हिमपात भइरहेको छ । हिमपात पश्चात मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४ हुम्दे वजार एरियामा सिमा प्रहरी चौकी हुम्दे मनाङले प्रहरी गस्ती गरिरहेको छ । प्रहरी सहायक निरीक्षक धन वहादुर थापाको कमाण्डमा खटिएको प्रहरीले विहानैदेखि गस्ति गरिहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक टीका वहादुर कार्कीले बताए । 
मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४ हुम्दे वजार एरियामा सिमा प्रहरी चौकी हुम्दे मनाङको प्रहरी गस्ती ।
तस्विर सौजन्य : जिल्ला प्रहरी कार्यालय मनाङ ।





