बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

घुम्टेको फेदीमा जापानका पदाधिकारीलाई स्वागत, सहकार्यमा जोड

घुम्टेको फेदीमा जापानका पदाधिकारीलाई स्वागत, सहकार्यमा जोड


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७६, बिहिबार

गलकोट, बागलुङ,  २६ मंसिर- सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले आफ्नै ठाउँमा जापान शाखाका पदाधिकारीहरुलाई स्वागत र सम्मान गरेको छ । कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, सचिव दिनेश थापा, कोषाध्यक्ष संग्राम साहानी र घुम्टे युवा परिवारका सल्लाहकार संयोजक एवं गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मन्तव्य राख्दै घुम्टे युवा परिवार गलकोट क्षेत्रकै अग्रणी सामाजिक संस्थाको रुपमा परिचित रहेकोले केन्द्रिय कार्यालय र घुम्टे युवा परिवार जापान शाखा बिचको सहकार्यमा जोड दिए । यस संस्थाले सामाजिक कार्यमा थप शसक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुले ध्यानाकर्षण गराए ।
सो अवसरमा जापानबाट विदामा नेपाल आएका जापान शाखाका उपाध्यक्ष थापा सचिव थापा, कोषाध्यक्ष साहानी, आजीवन सदस्य नेत्र चोखाल, कमल थापा, दिपिन खत्री मिन थापा, प्रकाश थापा लगायतलाई दोसल्ला तथा फुलमाला अविरद्वारा स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा आगामी दिनमा संस्थालाई कसरी अगाडी बढाउने, सामाजिक कृयाकलापमा संस्थाको भुमिका लगायतका विषयमा अन्तरकृया गरिएको थियो । घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, सदस्य टीका साहानीको स्वागत मन्तव्य र कोषाध्यक्ष सन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->