आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१० वर्षमा देशमा विकासको कायापलट हुन्छ : साँसद पौडेल

१० वर्षमा देशमा विकासको कायापलट हुन्छ : साँसद पौडेल

रत्नलक्ष्मी मावि गल्कोट नगरपालिका-११ रिघाको हिरक महोत्सव


  • कमल पौडेल
  • मंसिर २७ २०७६, शुक्रबार

गलकोट, २७ मंसिर – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले १० वर्षमा देश विकासले कायापलट हुने दावी गरे । रत्नलक्ष्मी मावि गल्कोट नगरपालिका ११ रिघाको हिरक महोत्सवको अवसरमा बोल्दै पौडेलले उत्तर तथा दक्षिणबाट रेलले जोड्ने गरि काम अगाडि वढाउन लागिरहेको बताए । ६० वर्ष देखि भारतले नेपालको लिपुलेक सहितको केहि भाग आफ्नो नक्सामा राखेको त्यसलाई कुटनितिक क्षेत्रवाट भूमि फिर्ता गरिने उनले बताए । कसैको हस्तक्षेप स्वीकार्य नभएको भन्दै साँसद पौडेलले आफ्नो वाहेक भूमि पनि नचाहिएको आफ्नो भुमि पनि नछोड्ने दृढता व्यक्त गरे । साँसद पौडेलले रत्नलक्ष्मी माविको नवनिर्मित ४ कोठे भवनको समेत उद्घाटन गरेका छन ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विश्वकर्मा, पूर्व प्रधानाध्यापक दामोदर शर्मा, सहयोगदाता सोम श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । औपचारिक कार्यक्रम हिरक महोत्सव मुल समारोह समितिको अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, शिक्षक नारायण पौडेलको स्वागत मन्तव्य तथा शिक्षक देव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको छ। महोत्सवको अवसरमा खुल्ला फुटवल प्रतियोगीता, विद्यालय स्तरीय छात्र तथा छात्रा भलिवल प्रतियोगीताको प्रथम चरणका कार्यक्रमहरु सम्पन्न भएका छन्। हिरक महोत्सवको अवसरमा सहयोग गर्ने चन्दादातालाई पञ्चैवाजा, पञ्चकन्या सहित सम्मान गरिएको छ।
त्यस्तै लोकदोहोरी गायीका देवी घर्ति सहितका कलाकारले आफ्नो प्रस्तुती दिनुभएको थियो। कार्यक्रम २९ गते सम्म चल्ने विद्यालयले जनाएको छ। यसैविच छात्रा भलिवलमा गल्कोट नमुना मावि लाई २–१ सेटले पराजित गर्दै त्रिभुवन नमुना मावि खर्वाङ फाइनलमा पुगेको छ। भोलि हुने रत्नलक्ष्मी मावि ए र जनजागृति मावि काँडेवास मध्येवाट एउटा टिम फाइनलमा पुग्नेछ। फाइनल खेल २९ गते हुने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->