बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

८० बर्षिया बृद्धाले दिईन प्रहरी चौकीकोलागि जग्गा 

८० बर्षिया बृद्धाले दिईन प्रहरी चौकीकोलागि जग्गा 


  • संजय रेग्मी
  • पुष १० २०७६, बिहिबार

पर्वत,१० पुस – धर्ममा पनि भनिएको छ की कमाएको केही कुरा दान गर्ने हो भने धर्म प्राप्ती हुन्छ । यही कारण धर्ममा आस्था राख्नेहरु जीवनकालमा आपूmले आर्ज गरेको वा आपूmसंग भएको चल वा अचल सम्पत्तिबाट केही न केही दान गर्न तयार हुन्छन् । यसैक एउटा उदाहरण हुन पर्वतकी सुमित्रा क्षेत्री ।

गाउँमा अस्थायी रूपमा बस्दै आएका प्रहरीहरूलाई स्थायी रूपमा राख्न भन्दै बिहादी गाउँपालिका ३ रानीपानीकी ८० वर्षिष सुमित्रा क्षेत्रीले झन्डै साढे २ लाख रुपैयाँ मूल्य आकलन गरिएको ३ आना १ पैसा क्षेत्रफल भएको जग्गाको लालपुर्जा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई हस्तान्तरण गरेकी छिन् ।

आप्mनो जग्गा नभएका कारण गाउँमा रहँदै आएको प्रहरी चौकी अस्थायी रूपमा बस्दै समस्या भोगिरहेको बेलामा सुमित्राले जग्गा दान गर्नुले समाजमा प्रहरीप्रतिको सोचाई सकारात्मक हुँदै गएको पाइएको डी.एस.पी अर्यालको भनाई छ । ‘प्रहरी चौकी रानीपानीको नाममा कुनै पनि जग्गा थिएन। अस्थायी ठाउँमा बसेर जसोतसो शान्ति सुरक्षामा खटिनुपरेको थियो ।’ उनले भने, ‘बृद्धा आमाले त्यत्रो मूल्य बराबरको जग्गा प्रहरी चौकी निर्माण गर्नकै लागि दिनुले समाजमा प्रहरीप्रतिको सोच बदलिएर सकारात्मक सन्देश गएको छ भन्ने पनि प्रस्ट भएको छ ।’

पछिल्लो समय प्रहरीले चलाइरहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले नागरिकलाई प्रहरी हाम्रै लागि खटिएका व्यक्ति हुन भन्ने अनुभूति गराएकोले नागरिक र प्रहरीबिचको सम्बन्ध राम्रो बन्दै गएको अर्यालको भनाई छ । राम्रो खालको सम्बन्धको विकास हुँदै गएमा समाजमा हुने हरेक अपराध न्यूनीकरणमा निकै सजिलो हुने उनले बताए ।

जग्गा दाता क्षेत्रीले समाजमा प्रहरी रहेमा शान्ति सुरक्षा स्थापनामा सजिलो हुने भएकोले प्रहरीको समस्यालाई देखेर नै आपूmले जग्गा दान गरेको बताइन्। ‘गाउँ टोलमा पुलिस चाहिन्छन, घटना हुँदैनन् । बाबुहरूलाई ओहोरै अप्ठेरो परेको देखेँ ।’ उनले भनिन, ‘कमाएको केही कुरा दान गरे धर्म हुन्छ भनेर त धर्मले नि भन्छ । यति जग्गा दिएर गाउँको सुरक्षा हुने भसी दान त गर्न परो नि ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->