शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने

प्रेरणा र सलोनी महिला एकल उपाधिका लागि भिड्ने


  • Dhorpatan News
  • पुष १३ २०७६, आइतबार

पोखरा,१३ पुस – नेपालका शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलको उपाधिका लागि भिडने भएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको उमन्स ओपनको सेमिफाइनल खेलमा जित हाँसिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त गर्ने भएका हुन् । सेमिफाइनलमा प्रेरणाले भगवती विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गरिन भने सलोनीले गंगा शर्मालाई ६–०, ६–२ ले पराजित गरिन् ।
प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलमा डिफेण्डिङ्ग च्याम्पियन कमल भण्डारी छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङ्गले सेमिफाइनलमा स्थान बनाएका छन् । त्यस्तै ४५ वर्ष माथिको एकलमा विमल गुरुङ र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् । ३५ वर्ष माथिको डबल्स उपाधिका लागि कमल भण्डारी र राजु श्रेष्ठ (स्विड वे) को जोडीले सिमान्त गुरुङ्ग र राजु श्रेष्ठ (गोर्खा) संग खेल्ने भएको छ । ४५ वर्ष माथिको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङ्गको जोडीसंग फाइनल खेल्नेछन् । ५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्बा ढुण्डुप जोडीले सोभितमान श्रेष्ठ र पृथ्वीमान थकालीको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । समिर शेरचन र अनिल तुलाचनको जोडीले प्रदीप शाह र राम रानाको जोडीलाई पराजित गर्दै थापा जोडीसँग उपाधीका लागि निश्चित गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->