आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ र रुकुमको सिमानामा गाडी दुर्घटना, चारको अवस्था गम्भिर

बागलुङ र रुकुमको सिमानामा गाडी दुर्घटना, चारको अवस्था गम्भिर


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७६, बिहिबार

बागलुङ, १७ पुस – पश्चिम बागलुङको निसी र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी छ । रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको गाडी निसीखोलाको पातिहाल्ने नजिकै ब्रेक फेल भई दुर्घटना भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक झविन्द्रप्रसाद भट्टराइले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको नाम ठेगाना खुल्न सकेको छैन । उनीहरुलाई स्थानीय र प्रहरीले उद्धार गरि अहिले उपचारका लागि बुर्तिबाङ अस्पतालमा ल्याइदैछ । दुर्घटनामा परेकाहरु जाडोयामको कपडा बेच्न आएका व्यापारीहरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->