आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विकासको पहिलो सूचक शिक्षा : जिल्ला समन्वय प्रमुख ढुंगाना

विकासको पहिलो सूचक शिक्षा : जिल्ला समन्वय प्रमुख ढुंगाना


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७६, शनिबार

बागलुङ, १९ पुस – जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले शिक्षा विकासको पहिलो सूचक भएको वताएका छन । जिल्लाको जैमिनी नगरपालिका– ५ स्थित सर्बोदयजनक माध्यमिक विधालयको ६६ बार्षिकोत्सव समारोहको शनिवार उदघाटन गर्दै शिक्षा विकासको पहिलो सूचक भएको शैक्षिक क्षेत्रको विकासविना अन्य विकास असम्भव भएको वताए ।
शिक्षा क्षेत्रको विकासका लागि त्रिकोणात्मक समबन्ध महत्वपूर्ण भएको वताउदै प्रमुख ढुंगानाले शिक्षक, विद्यार्थी र अभिभावकको हार्दिकतापूर्ण समबन्धले मात्रै शैक्षिक गुणस्तर कायम गर्न सकिने वताए । सर्बाेदय माविले देशको समृद्धि र विकासका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गरेको भन्दै उनले थप शैक्षिक प्रगतिको कामना गरे ।
सो अवसरमा प्रमुख ढुंगानाले राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) बागलुङबाट बिनियोजित रकमबाट गत आर्थिक बर्षमा निर्माण गरिएको ४ कोठे पक्की भवनको ताम्रापत्र अनवरण गरी चावी विद्यालयलाई हस्तान्तरण गरे ।
कार्यक्रममा जैमिनी नगरप्रमुख इन्द्रराज शर्मा, उपप्रमुख लिला राना, जिल्ला समन्वय समिति सदस्य राजेन्द्र केसी, प्राधिकरणका इन्जिनियर नविन कुमार सिंह, वडा अध्यक्ष गोपाल प्रसाद पौडेल, सवइन्जिनियर विश्वप्रकाश राना लगायतले विद्यालयको शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्दै सरकारी विद्यालयको शैक्षिक गुणस्तरका लागि सवैले ध्यान दिनुपर्ने वताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भवानी शर्माले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा विभिन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरियो भने कुशल र उत्कृष्ठ शिक्षकलाई सम्मान गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरवहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक टंकप्रसाद शर्माले र स्वागत वुद्धि प्रसाद शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->