पोखरा, २० पुस – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी छन् । नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो ।





